• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन महोत्सवमा पर्यटन गोष्ठी : व्यवसायीहरुले अहम्तालाई त्यागेर एकीकृत प्याकेज ल्याउनुपर्नेमा जोड

  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको दिगो पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरुले अहम्तलाई त्यागेर एकीकृत पर्यटन प्याकेज ल्याउनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।

    चितवन महोत्सवका अवसरमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित ‘चितवनको दिगो पर्यटन विकासमा सरोकारवालाको भूमिका’ विषयक गोष्ठीमा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् ।

    चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका पर्यटन विकास समितिका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित व्यवसायीका छाता संगठनका प्रतिनिधि, पालिकाका पर्यटन शाखाका प्रतिनिधि, पर्यटन विज्ञ लगयातका सरोकारवालाहरुबीच भएको अन्र्तक्रियात्मक गोष्ठीमा विविध विषयमा छलफल भएको छ ।

    चितवनका पर्यटकीय क्षेत्र सौराह क्षेत्र, मेघौली क्षेत्र, पटिहानी क्षेत्र, माडी क्षेत्र, इच्छाकामना क्षेत्र लगायतका पर्यटकीय क्षेत्रहरुबाट त्यहाँका पर्यटनसँग सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा भएको गोष्ठीमा सहभागीहरुले चितवनको दिगो पर्यटन विकासका विविध पक्षमा अन्र्तक्रिया गरे ।

    गोष्ठी कार्यक्रमका स्रोत व्यक्ति एवम् पर्यटन विज्ञ विश्वराज सुवेदीले चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरुको पछिल्लो अवस्थाको बारेमा प्रस्तुति दिएका थिए । उनले चितवनमा दिगो पर्यटन विकासका लागि चितवनमा पर्यटनका आकर्षणका केन्द्र थप्नुपर्ने, विमानस्थललाई विस्तार गर्नुपर्ने, चितवनको कुनै एक ठाउँलाई तोकेर त्यहाँ नाइट लाइफ सुरु गर्नुपर्ने, जिल्लाभर एकीकृत पर्यटन विकास गर्नुपर्ने, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्नुपर्ने लगायतका विविध सुझावहरु राखेका थिए ।

    पटिहानी र मेघौलीबाट सहभागी जनाउनेहरुले पर्यटकीय गन्तव्यको प्रचार र विकास गर्दा प्रतिस्पर्धि हैन सहकार्यमा गर्नुपर्ने सुझाव दिएका छन् । सौराह र मेघौली–पटिहानी दुई प्रतिसपर्धि जस्तै अघि बढिरहेकोतर्फ इंगित गर्दै उनीहरुले सौराह र मेघौली–पटिहानी क्षेत्र सहकार्यमा अघि बढ्नुपर्ने आशय व्यक्त गरे । चितवन पर्यटन महोत्सव नै आयोजना गरी चितवनको एकीकृत पर्यटन विकास र प्रवद्र्धनमा लाग्नुपर्ने त्यस क्षेत्रका सहभागीहरुको जोड थियो ।

    चितवनको दिगो पर्यटन विकासका लागि मेघोली क्षेत्रको विकास अपरिहार्य रहेकोमा जोड दिँदै त्यस क्षेत्रका सरोकारवालाहरुले गोलाघाट नवलपुर जोड्ने पुल बनाउनु पर्ने, मेघौली विमान स्थल सञ्चालन गरिनुपर्ने, देवघाट–मेघौली–त्रिवेणीसम्मको जलयात्रा सुरु गरिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरेका छन् ।

    माडीबाट सहभागी जनाउने सरोकारवालाहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण सौराहा तेश्रो पर्यटकीय गन्तव्य बनेको तर निकुञ्जकै कारण माडी दर्दनाक अवस्थामा रहेको भन्दै दुखः व्यक्त गरे । माडीमा पनि पर्यटन विकासको प्रचुर संभावना रहेको बताउँदै वक्ताहरुले चितवन जिल्ला भरि नै एकीकृत पर्यटन प्याकेज बनाउनु पर्ने धारणा राखे । यसो गरेमात्र चितवनको दिगो पर्यटन विकास हुन सक्ने उनीहरुको जोड ।

    सौराहबाट सहभागी वक्ताहरुले सौराह आएका पर्यटकलाई मेघौली, पटिहानी र माडी पुर्याउन त्यस क्षेत्रका व्यक्तिहरुले काम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहयोग गर्न सौराह तयार रहेको बताए ।

    गोष्ठीमा सहभागी अन्य सरोकारवालाहरुले पर्यटन गाइडहरुलाई समयसमयमा तालिम दिइनुपर्ने, बाह्य पर्यटकका लागि आन्तरिक हवाइ भाडा कम हुनुपर्ने, रैथाने खानालाई ब्राण्डिङ् गर्नुपर्ने, कोदोको रक्सीलाई ब्राण्डिङ् गर्नुपर्ने, पर्यटकीय क्षेत्रमा गाँजा सेवन गर्न पाइने बनाउनु पर्ने, टाइगर टपलाई पुनः सञ्चालन गरिनुपर्ने, मनोरञ्जन पार्कहरु बनाउनुपर्ने, चिन र भारतका पर्यटकलाई लक्षित गरी कार्यक्रम ल्याइनुपर्ने, विदेशी पर्यटक नेपाल आउँदा विमानको सहज व्यवस्थापनमा राज्यले पहल गर्नुपर्ने, अन्र्तर्राष्ट्रिय विमान भाडा कम गर्नतर्फ लाग्नुपर्ने, नेपाल पर्यटकका लागि कम्बो प्याकेज बन्ने संभावना भएको मुलुक भएकाले यसतर्फ राज्यले नै नीतिगत तहबाटै विविध काम गर्नुपर्ने लगायतका विविध धारणाहरु प्रस्तुत गरेका छन् ।

    नीजि क्षेत्र पर्यटनमा लागनी गरेको गरै गर्ने तर राज्य भने संरचना बनाउन ढिला सुस्ती गर्दा लगानी कर्तामा निराशा आउन थालेको भन्दै सहभागीहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

    कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले पर्यटन व्यवसायीबीचको अहम्ताले व्यवसायीले आफ्नो खुट्टामा आफै बन्चरो हानिरहेको बताए । सौराहाका व्यवसायीहरुले चितवनको अन्य क्षेत्रको विकासमा त्यति चासो नदिएको भन्दै अध्यक्ष चुकेले यसले चितवनको दिगो पर्यटन विकासमा नकरात्मक असर पार्न सक्नेतर्फ सचेत गराए । पर्यटन मन्त्रालयले पनि पर्यटन विकासमा त्यति प्रभावकारी भएर काम गर्न नसकेको बताउँदै अध्यक्ष चुकेले देशको पर्यटन विकासमा राज्य नै बढी जिम्मेवार हुन नसकेको धारणा राखे ।

    गोष्ठीमा सहभागीहरुलाई उवासंघ चितवनका अध्यक्ष एवम् महोत्सव मुल समिति संयोजक सुमन कुमार श्रेष्ठले स्वागत गर्दै राज्यका विविध नीतिका कारण चितवन महोत्सवमा आफूहरुले सोचे जसरी पर्यटन प्रवद्र्धन गर्न नपाएको बताए ।

    चितवनमा पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको बताउँदै उनले यसले चितवनको पर्यटन विकासलाई दिगो बनाउने बताए । निकुञ्जमा जंगल सफारीका लागि सौराहसँगै पटिहानी र मेघौली पनि रहेको भन्दै यसको एकीकृत प्रचार हुनुपर्नेमा उनको जोड थियो । त्यसैगरी होमस्टेहरुको विकास गरी पर्यटकको बसाई कसरी हुन्छ चितवनमा लम्बाउनतर्फ सबै क्षेत्रका व्यवसायी एकजुट भएर लाग्नुपर्ने उनको धारणा थियो ।

    महोत्सव पर्यटन समिति संयोजक इमान्दु बरालले महोत्वबाट निस्केका निचोडलाई सम्बन्धित स्थानमा पुर्याउने बताउँदै र चितवनको दिगो पर्यटन विकासमा पर्यटन गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.