नवलपुर ।जिल्ला प्रहरी कार्यलय नवलपुरले ठुलो मात्रामा मदिरा र पटका बरामद गरि नष्ट गरेको छ । विहिवार जिल्ला प्रहरी कार्यलय नवलपुरले पत्रकार सम्मेलन नै गराएर एक हजार पन्ध्र लिटर घरेलु मदिरा र केहि थानपटक नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी निरिक्षक विशाल तामाङका अनुसार कावासोती १६ डण्डामा ति पदार्थहरु बरामद गरेको तिनिहरुलाई डण्डा स्थित अस्थाइ प्रहरी कार्यलयमा नष्ट गरेको बताउनुभयो ।








