• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन

  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन हुनुभएको छ । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बन्नुभएकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

    शनिबार सम्पन्न अधिवेशनमा उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । उहाँले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गर्नुभयो । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी सङ्घबाट निर्वाचित हुनुभएको हो ।

    उपाध्यक्षमा सीताराम अधिकारी विजयी हुनुभएको छ । उहाँले ९१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गर्नुभयो । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गर्नुभयो । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन हुनुभएको छ ।

    कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित हुनुभएको छ । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित हुनुभएको हो ।

    खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी हुनुभएको निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिनुभयो ।

    ‘एक विद्यालय एक ट्राफिक शिक्षक’

    दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने जनाइएको छ ।

    कार्यालय प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुर महानगरका एक सय ९८ विद्यालयका एक÷एक जना शिक्षकलाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । बाँकी छ पालिकामा क्रमशः तालिम दिइने उल्लेख गर्दै तालिम पश्चात् शिक्षकलाई आवश्यक अडियो, भिडियो, फोटोलगायत सामग्रीसमेत उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “तालिम लिने सबै शिक्षकले आफ्नो विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारीलाई ट्राफिक नियमसम्बन्धी तालिम दिने छन् ।” यसबाट सबै विद्यार्थीले ट्राफिक नियमबारे जानकारी पाउनेछन् भने उनीहरूले अभिभावकलाईसमेत यो शिक्षा दिन सक्नेछन् ।

    जिल्लामा पाँच सय आठ विद्यालय छन् । साना कक्षाका विद्यार्थी बाहेक एक लाखभन्दा बढीले यो तालिमबाट लाभ लिने प्रमुख प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । ट्राफिक जनचेतनाका बारेमा ज्ञान नहुँदा दिनहुँ दुर्घटना बढेको भन्दै कार्यालयले यो अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.