• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

  •   सोमबार, माघ १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् । निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो । होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले राखिएका ठाउँमा त्यो सुबिधा छैन । होटल भिष्टा चितवनका सञ्चालक रमेश सिलवाल शीतलहरमा खुला आकाशमुनि हात्ती राख्नुपर्दा बिरामी हुने चिन्ता बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले पहिले हात्ती पाल्न रहर हुन्थ्यो, अहिले कहर भएको छ ।” उहाँले थप्नुभयो, “पालिएका हात्ती न आफ्नै हात्ती सारमा राख्न पाइएको छ, न बिक्री गर्न पाइन्छ, न कतै पठाउन सकिन्छ ।”

    पशुअधिकार भन्दै पर्यटकलाई घुमाउँदा समेत आरोप खेप्नुपरेको उहाँको गुनासो छ । एउटा हात्तीलाई दुईजना माउते आबश्यक पर्दछ । यसका अतिरिक्त हात्तीलाई धान, पराल, भेली, चना, हरियो घाँस आदि जुटाएर पाल्नुपर्दा एक महिनामा रु एक लाखभन्दा बढी खर्च हुने उहाँले जानकारी दिनुभयो । यो मौसममा जङ्गली भाले हात्ती बस्ती पस्न थालेपछि स्थानीयले एकीकृत रुपमा हात्ती पाल्न दबाब दिँदै आएका छन् । जङ्गली हात्तीले होटल तथा व्यक्तिका घरमा मालिएका पोथी हात्ती खोज्दै बस्ती पस्ने गरेको स्थानीयको भनाइ छ । केही महिनाअघि देखि जङ्गली हात्ती ‘मकुना’ वस्ती छिर्दै आएको छ ।

    पछिल्ला दिनमा निजी हात्ती सञ्चालकहरुमा आफूले पालेका हात्ती कसरी व्यवस्थित गर्ने भन्ने चिन्ता बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएसँगै निकुञ्ज आसपासका क्षेत्रमा हात्ती पाल्न थालिएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराई एकीकृत रुपमा हात्ती पाल्नका लागि सरकारी तवरबाट सहयोग हुनुपर्ने बताउनुहुन्छ । यो समस्या अहिलेको मात्र नभएर विगतका वर्षहरुदेखि झेल्दै आएको उहाँको भनाइ छ । पूर्वअध्यक्ष भट्टराईका अनुसार हात्तीको दैनिक आहार खर्च अत्यधिक बढेको, निकुञ्ज आउने पर्यटकको सङ्ख्या घटेको, पशुअधिकारका नाममा हात्ती चढ्नु अपराध हो भन्ने भाष्य सिर्जना गरिएको र जङ्गली हात्तीको आतङ्कका कारण आवश्यक स्याहारसुसारसहित घर कम्पाउन्डमा पाल्न नपाउने भएकाले हात्तीपालकहरुले अहिले अप्ठ्यारो अवस्था झेलिरहनु परेका छ ।

    ‘जिप सफारी’ सहित हात्ती चढी दुर्लभ एकसिङ्गे गैँडा, बाघ, चराचुरुङ्गीलगायत अनेकौँ जीवजन्तु हेरी रमाउने पर्यटकका कारण चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको बताउनुहुन्छ, क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरी बताउनुहुन्छ । यसैगरी, स्थानीय पर्यटन तथा होटल व्यावसायी सिलवालका अनुसार हात्तीपालनमा संलग्न व्यवसायीलाई सहयोगसहित कुनै पनि किसिमको सहुलियत नदिने हो भने यो व्यवसायबाट सबै विस्थापित हुने र त्यसको नकारात्मक प्रभाव निकुञ्ज केन्द्रित होटल व्यवसाय, रोजगारी र राजस्वमा असर पर्ने भएकाले समयमै सम्बन्धित पक्षका ध्यान जान आवश्यक छ ।

    स्वदेश तथा विदेशमा समेत कहलिएको यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो । सुरुका केही वर्ष निकुञ्जका हात्तीले पर्यटक घुमाउने गरेकामा पछिल्ला वर्षहरुमा क्रमशः निजी क्षेत्रबाट पालिएका हात्तीलाई पनि भित्र्याइएको छ । कोभिडको महामारी अघिसम्म एउटा हात्तीको मूल्य भारतीय रु ८० लाखसम्म पर्ने गरेको व्यावसायीहरु बताउँछन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले यसरी हात्तीको दैनिक खर्च अत्यधिक हुने गरेको, विशेषगरी विदेशी पर्यटक हात्ती चढ्न छाडेको र यसअघिजस्तो आफ्नो घर कम्पाउन्डमा पाल्न नपाउने अवस्था सिर्जना भएकाले हात्ती पालक व्यवसायी मारमा परेका बताउनुहुन्छ । पर्यटकीयस्थल सौराहा आउने पर्यटकको सङ्ख्या कम हुन थालेपछि क्रमशः घट्दै एक सयबाट अहिले यहाँ ४५ वटा मात्र निजी हात्ती रहेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन् । अध्यक्ष खतिवडाले भन्नुभयो, “निजी जग्गामा राख्दा वरिपरि घर हुन्छ ।

    सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।” सधँैका लागि एकीकृत ढङ्गबाट हात्ती राख्ने ठाउँको व्यवस्था भए आबश्यक संरचना व्यवसायी आफैँले बनाउने उहाँले बताउनुभयो । हात्ती व्यक्तिको भए पनि कानुनका हिसाबले हात्ती सरकारी सरह नै हुने गर्दछ । हात्तीको किनबेच, ओसारपसार, मरेपछिको व्यवस्थापन लगायतका काममा सरकारको प्रत्यक्ष निगरानी हुने व्यवस्था छ । क्षेत्रीय होटल सङ्घका अध्यक्ष गिरी निजी हात्ती आफ्नो जमिनमा नराख भन्न नसकिने उल्लेख गर्दै एकीकृतस्थल व्यवस्थापनका पक्षमा पहल भइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाघमारा र चित्रसेन वनक्षेत्रभित्र हात्ती राख्नका लागि ठाउँ छुट्याई दिनसक्यो भने अहिलेको समस्या समाधान हुन्छ ।” सफारी पर्यटनमा हात्तीको भूमिका महत्वपूर्ण छ ।

    यहाँ आउने पर्यटकले हात्ती चढेर तीनै दुई वनभित्र घुम्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त निजी हात्ती व्यवस्थापनको बिषयमा छलफल भइरहेको बताउनुहुन्छ । एकीकृत रुपमा हात्ती राख्न सकेमा अहिले देखिएको समस्या केही हदसम्म कमी आउने उहाँको भनाइ छ । डा पन्तले सरकारी जमिनमा निजी हात्ती राख्नका लागि नीतिगत रुपमा कानुनी व्यवस्था हुनुपर्ने भएकाले सम्बद्ध क्षेत्रका व्यवसायीको मागबमोजिम समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.