• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सहिद पार्कको विकासमा सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह

  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिदपार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गर्नुभएको छ ।

    सहिद दिवसको अवसरमा आज पुलिमराङ आइपुग्नुभएका राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।

    बृहत् गुरुयोजनाअनुसार सहिदपार्कको सर्वाङ्गीण विकासका लागि रु १५ करोड बजेट आवश्यक पर्ने देखिएकाले बजेट विनियोजनका लागि पहल गरिदिनुहुन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरिएको समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिनुभयो ।

    सहिद स्मारक पार्क तथा पुलिमराङको वर्तमान अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार रहनुभएको उल्लेख गर्दै अध्यक्ष गुरुङले यस क्षेत्रको विकास निर्माणअन्तर्गत पक्की सडक, बिजुलीको स्तरीय व्यवस्थापन, पर्यटकीय सम्भावना, कृषि एवं आयआर्जनका विषयमा स्थानीयलाई देखिने गरी विकास निर्माणका लागि सरकारसँग सहयोग उपलब्ध गराउने सन्दर्भमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गर्नुभयो ।

    सहिद दिवसका अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्न आजै पुलमराङस्थित सहिद पार्क आइपुग्नुभएका राष्ट्रपति पौडेललाई जिल्लास्थित कार्यालय तथा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता तथा कार्यकर्ता र स्थानीय जनताले स्वागत गर्नुभएको थियो ।

    सो अवसरमा राष्ट्रपति पौडेलले पुलिमराङस्थित सहिदपार्कमा रहेका सहिदहरुको शालिकमा माल्यार्पण गर्नुभएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।

    तनहुँको सदरमुकाम दमौलीबाट उत्तरतर्फ करिब ४० किलोमिटर टाढा पुलिमराङस्थित सहिदपार्कमा भरत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । जहाँनिया राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाएका उल्लिखित सहिदहरूको जन्म पुलिमराङमा भएको हो ।

    यसै सन्दर्भमा सहिद स्मारक कोष समिति २०५१ सालमा स्थापना भएको र २०६६ सालमा छ जना सहिदको अर्धकदको सालिक राखिएको समितिले जनाएको छ ।

    राष्ट्रपति पौडेल सहिद दिवससँग सम्बन्धित सो कार्यक्रम सम्पन्न भएपछि लमजुङको मध्यनेपाल नगरपालिका सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा सरिक हुने कार्यक्रम छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.