• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनको रत्ननगरमा नेकपा एमालेको नगर अधिवेशन आजबाट सुरु

  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेकपा एमाले रत्ननगर नगर कमिटीको १० औं नगर अधिवेशन सुरु भएको छ । टाँडीमा सुरु भएको अधिवेशनको नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले उद्घाटन गरे । अधिवेशन उद्घाटन पूर्व रत्ननगरको टाँडी बजारमा भब्य शोभायात्रा निकालिएको थियो । २८७ प्रतिनिधि सहभागी अधिवेशनले आगामी कार्यकालको लागि अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित ७५ सदस्यीय नगर कमिटी चयन गर्ने छ । नयाँ नेतृत्व चयनका नेताहरु प्रभा बराल, कपिल पोखरेल, दावा दोर्जे लामा, कमल पाठक, टिका पौडेल, नारायण वन र प्रकाश खनाल शैलेस रहेको अध्यक्ष मण्डल बनेको छ ।

    आजैबाट सुरु भएको बन्द सत्रमा आर्थिक र राजीनितिक प्रतिवेदन पास भएको छ । बन्द सत्र भोलिबाट पुनः सुरु हुनेछ । उद्घाटन कार्यक्रमा बोल्दै एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सुकुमबासीलाई लालपूर्जा वितरण, विकास निर्माण र भ्रष्टाचार नियन्त्रणको लागि सरकारले अध्यादेश जारी गरेको बताएका छन् । शासन सत्ता टिकाउन नभइ विकास निर्माण र जनतालाई छिटो सेवा दिन सरकारले अध्यादेश उनले ल्याएको स्पष्ट पारे । नेता पोखरेलले राजनीतिक स्थायित्वका लागि काँग्रेस र एमालेको सहकार्य भएको बताए । मुलुकलाई बचाउन एमाले र काँग्रेसको गठबन्धन बनेको भन्दै उनले २०८४ को निर्वाचनमा दुई दल बीचमा प्रतिस्पर्धा हुने बताए ।

    काँग्रेस र एमाले बीचको प्रतिस्पर्धा सँधै रहेको भन्दै उनले आगामी निर्वाचनमा दुई ठुला दलको बीचमा प्रतिस्पर्धा हुने तर्क गरे । स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले विचार र सिद्धान्तको हिसाबले एमाले मुलुकको सर्वाेत्कृष्ट पार्टी भएको बताए । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले एमालेलाई पुरानै अवस्थामा फर्काउन पार्टी निर्माणको कामलाई सुत्रबद्ध तरिकाले अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा पार्टी निर्माणमा योगदान गरेका गोकर्ण कट्टेल, बालकृष्ण कोइराला, मानबहादुर तामाङ, पूर्णमान श्रेष्ठ, खड्गकुमारी ढुंगाना, छाँयादेवी गौतम, हर्कबहादुर अधिकारी, धनवीर महतो, टंकप्रसाद ढकाललाई सम्मान गरिएको नगर कमिटी सचिव शिव सुवेदीले जानकारी दिए ।

    नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटनसत्रमा केन्द्रीय सदस्यहरु प्रभा बराल, कपिलदेव पोखरेल, स्थायी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज टीका पौडेल, जिल्ला अध्यक्ष कमलराज पाठक, रत्ननगरका संस्थापक मेयर नारायण वन, उपमेयर यादव प्रसाद पाठक, कालिका नगर कमिटीका अध्यक्ष केशब लामा, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा पोलिटब्युरो सदस्य देवी ज्ञावली, केन्द्रीय सदस्य जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, वागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष इमानसिंह लामा लगायत जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, नगर कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.