• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

बत्ती जाँदैन, झिलिमिलीका साथ दिपावली गर्नुहोस् : प्राधिकरण

  •   शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । पछिल्लो समय झ्याप्पझ्याप्प बत्ती जाने क्रम बढिरहेको छ । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको पदावधि सकिएपछि कुलमान घिसिङ बिदा भएकाले लोडसेडिङ हुन लागेको धेरैले अनुमान गरेका थिए । तर, उर्जा मन्त्रालयले लोडसेडिङ हुन नदिन प्राधिकरणलाई निर्देशन दियो । त्यसपश्चात पनि बत्ति नगएको भने होइन । अहिले उज्यालो पर्व अर्थात् तिहारको समयमा पनि झिलिमिली गर्नै नपाइने हो कि भन्ने आशंका बढेको छ । यसैबीचमा प्राधिकरणले भने तिहारमा बत्ति नजाने र ढुक्क भएर झिलिमिलीका साथ दिपावली गर्न र तिहार मनाउन आग्रह गरेको छ । प्राधिकरणले तिहारको समयमा माग जति बिजुली आपूर्ति हुने जनाएको छ । तिहारको समयमा धेरै उद्योग कलकारखाना बन्द हुने भएकाले झिलिमिली बत्तीले मात्रै धेरै लोड नबढ्ने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । प्राधिकरणले पोहोर लक्ष्मीपूजाको दिनको पिक डिमान्डको तुलनामा यसपालि लोड कम हुने प्रक्षेपण गरेको छ । पोहोर तिहारमा मुलुकभरका सबै होटल पूर्ण रूपमा सञ्चालनमा थिए । ‘अहिले अधिकांश होटल बन्द रहेकाले बिजुलीको लोड कम हुने प्रक्षेपण गरेका छौं’ तिम्सिनाले भने । लक्ष्मीपूजाको दिन देशभर १३ सय मेगावाट विद्युत माग हुने प्राधिकरणको अनुमान छ । यो माग पुरा गर्न प्राधिकरण सक्षम रहेको तिम्सिनाले बताए । गएको वर्ष लक्ष्मीपूजाको दिन ११ सय १० मेगावाट बिजुलीको माग भएको थियो । प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिनमा जलाशययुक्त कुलेखानीका सम्पूर्ण आयोजना सञ्चालनमा ल्याउने तिम्सिनाले जानकारी दिए । प्राधिकरण मातहतका आयोजनाबाट ५३० मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ७५० मेगावाट र भारतबाट एक सय ६० मेगावाट आयात गरेर लोड व्यवस्थापन गर्ने तयारी रहेको उनको भनाई छ । लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ३०० मेगावाट बिजुली माग हुने प्रक्षेपण गरेको छ । सो दिन विद्युत् अवरोध हुन नदिन मुलुकभरका वितरण केन्द्र र विद्युत्गृहलाई तयारी हालतमा राख्ने बताइएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.