चितवन । सन्देश फाउण्डेशन नेपालले नारायणी नदि किनारमा रहेका सडक बालबालिकाहरुलाई न्याने कपडा बितरण गरेको छ । एक कार्यक्रमका बिच ३० जना सडक बालबालिकालाई स्विेटर वितरण गरिएको फाउण्डेशनका संयोजक एवं कार्यक्रमका सभापति युवा अभियान्ता दिवाकर राज श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम रिकभरिंग नेपाल बागमती प्रदेश र द यूनाइटेड चितवनको समन्वयमा भएको हो ।कार्यक्रममा रिकभरिंग नेपाल बाग्मती प्रदेश का उपाध्यक्ष किरण घोताने गुरुंग, सरसफाई अभियान्ता आरती घिमिरे, युवा अभियान्ता सबिना खतिवडा, द यूनाइटेड चितवन का अध्यक्ष संजय जंग क्षेत्रीलगायतले आफ्नो धारण राखेका थिए ।
कार्यक्रमको सहजिकरण यूनाइटेड चितवन का उपाध्यक्ष सबिन रानाले गर्नु भएको थियो । यस्तै फाउण्डेशनले भोली ४ बजे पुन नारायणी किनारमा मिठाई एवं बाकी रहेको स्विटर वितरण गर्ने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।








