गैँडाकोट । गैँडाकोटमा विद्युत मर्मतका लागि पोलमा चढेका एक मजदुरको करेन्ट लागेर आज साँझ मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा विद्युतको पोलमा चढेका एक मजदुरको ज्यान गएको हो ।
अन्दाजी २८ वर्षका उनको परिचय खुल्न सकेको छैन । विजुली मर्मत गर्ने क्रममा एक्कासी हाईटेन्सन लाइन छोइन पुग्दा करेन्ट लागेर उनको ज्यान गएको हो । मृतकको शव अहिले पनि पोलमै झुन्डिरहेको अवस्थामा रहेको स्थानीय गजेन्द्र बनले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरीको टोलि पुगेको छ ।








