• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

समयमै रासायनिक मल उपलब्ध गराउन किसानको माग

  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका केरा उत्पादक किसानहरुले पर्याप्त मात्रामा रासायनिक मल पाउन नसक्दा केरा उत्पादनमा समस्या आएको गुनासो गरेका छन् । शुक्रबार कालिका नगरपालिकामा आयोजित केरा उत्पादक संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको क्रममा अधिकांश किसानहरुले समयमा रासायनिक मल पाउन नसकेको गुनासो गरेका हुन् । रासायनिक मलसँगै कुखुराको मल पाउन समेत समस्या देखिएको उनीहरुको भनाइ छ । केरा उत्पादक संघ चितवनका अध्यक्ष माधव प्रसाद घिमिरेले भारतीय केराका कारण नेपाली केरा बिक्रीमा समस्या, स्थानीय मालभोग जातको केरामा पानामा रोगको संक्रमण, नयाँ केरा खेतीको बिमा नहुने र क्षतिको रकम पाउन समस्या रहेको बताउनुभयो । सरकारले नेपाली केरा किसानहरुको समस्या सम्बोधन गर्नुपर्नेमा घिमिरेले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मलमा मात्रै जोड नदिन कृषकहरुलाई आग्रह गर्नुभयो । सरकारले मल पु¥याउन नसकेर भन्दा पनि भविष्यलाई सोचेर रासायनिकसँगै प्राङ्गारिक र जैविक मल प्रयोग गर्न आग्रह गर्नुभयो । कृषि क्षेत्रमा लाग्ने अधिकांश किसानको अवस्था राम्रो नभएको भन्दै यसको सुधारका लागि सरकारले ऐन ल्याउन लागेको उहाँले बताउनुभयो । आफू मन्त्रालयमा बस्दा सकेसम्म राम्रो काम गर्ने तर कलङ्कको टीका नलगाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मागेर खान हुने तर काम गरिदिन्छु भनेर ठगेर खान नहुने मन्त्री अधिकारीले बताउनुभयो । ‘ठग्ने भनेको एक किसिमको पाप हो’ उहाँले भन्नुभयो, ‘त्यो पाप मरेपछि होइन जिउँदैमा भोग्नुपर्छ, त्यसैले ठग्नु हुँदैन बरु मागेर खाँदा हुन्छ ।’

    चितवनमा सात सय जना किसानले तीन हजार बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका संघका सचिव जनकराज पन्तले बताउनुभयो । वार्षिक रुपमा चितवनको केरा व्यवासयले दुई अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने भन्दै जिल्लामा केरा उत्पादनमा सक्रिय किसानमध्ये ७० प्रतिशत युवा रहेका बताउनुभयो । किसानहरुले केरालाई राष्ट्रिय बालीमा सूचीकृत गरी विकास बार्ड स्थापना गर्नुपर्ने, टिस्यू कल्चर बिरुवाका लागि पहल गर्नुपर्ने, केराखेती विस्तार गर्नुपर्ने, केरा आयात गर्दा निश्चित समयका लागि भन्सार बन्द गर्नुपर्ने, केरा सहकारी निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    साधारणसभाका अवसरमा विभिन्न संघसंस्थाका व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कृषक पुरस्कारबाट अमरबहादुर तामाङ, रामप्रसाद पाण्डे, अर्जुन चौधरी, सागर भट्टराई, आसिका मल्ललाई सम्मानित गरिएको संघका सचिव पन्तले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यष उमेश श्रेष्ठ, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद भट्टराई, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल, वरिष्ठ कृषि अधिकृत इन्द्रप्रसाद शर्मा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठ, नेपाल केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्त, चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष यज्ञप्रसाद सुवेदी, निवर्तमान अध्यक्ष घननाथ महतोलगायतले मन्तव्य राख्नुभएको थियो । बन्दसत्रले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

    नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भइरहेको संघका सचिव पन्तले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.