चितवन । भरतपुर महानगरपालिका वडा नं. २, क्षेत्रपुरमा अवस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले आ.व. २०८१÷०८२ को अर्ध वार्षिक समीक्षा गरेको छ । भरतपुरमा आइतबार अर्धवार्षिक समीक्षा सम्पन्न गरेको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले ब्यानर वाचन गरेर उद्घाटन गरेका हुन् ।
उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि घिमिरेले संस्थागत विकासका लागि सबैजना इमान्दार हुनुपर्ने बताए । संस्थाका पदाधिकारी, उपसमिति लगायत सबैले आ–आफ्नो जिम्मेवारी सही ढंगबाट गर्नुपर्नेमा उनको जोड थियो । संस्थाका अध्यक्ष थिरप्रसाद धितालले आफूले गरेको कामको स्वमूल्याकंन आफैँले गर्नुपर्ने बताए । संस्थालाई अघि बढाउन सबैको योगदान उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो । संस्थालाई दीगो र जोगाउन सबै जिम्मेवार बन्नु पर्ने उनको सुझाव थियो । यस्तै संस्थाका व्यवस्थापक विकास पौडेलले आव २०८१÷२०८२ को पुस मसान्तसम्मको संस्थागत गतिविधिको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा छलफललाई तीव्रता दिँदै समीक्षा पारदर्शी हुनुपर्नेमा जोड दिइएको थियो । संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका थिए भने सचिव जयराम पाण्डेले संचालन गरेका हुन् । संस्थाका थिरप्रसाद धितालको सभापतित्वमा अर्धवार्षिक समीक्षा सम्पन्न भएको हो । अर्धवार्षिक समीक्षामा संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो । हाल दुई हजार बढी सदस्यहरु संस्थामा आवद्ध रहेका छन् ।








