• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

श्री कलेज अफ टेक्नोलोजीले मनायो १६ औं वार्षिकोत्सव

  •   सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । श्री कलेज अफ टेक्नोलोजी र श्रीचितवन कलेजले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । कलेज प्राङ्गढमा आईतबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुुलपति प्रा.डा.बिजुकुुमार थपलियाले कक्षा १२ पढेपछि विदेश जाने प्रचलनले नेपालका कलेजहरुमा विद्यार्थीको संख्या कम हुँदै गएको बताउनु भयो । उहाँले विद्यार्थीलाई कसरी नेपालमै राख्न सकिन्छ भनेर विश्वविद्यालय लागिपरेको बताउनुभयो । प्रा.डा.थपलियाले भन्नुभयो “विद्यार्थी आकर्षित गर्न नयाँनयाँ कार्यक्रम ल्याउँदैछौं ।”

    अहिलेको चुनौती नै विद्यार्थी संख्या बढाउनु रहेको भन्दै उहाँले नयाँ अवसर सिर्जना गर्ने शैक्षिक कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो “फ्याकेल्टी (संकाय) विकासमा पनि लागिरहेका छौं ।” विद्यार्थी बिनाका कलेज कलेज हुन नसक्ने भन्दै उहाँले भन्नुभयो “समाजसँग जोड्ने र अवसर सिर्जना गर्ने खालका कार्यक्रम ल्याउन हामी लागिरहेका छौं ।” नयाँ नयाँ चुनौतीहरुलाई पार गर्दै थप गुणस्तरीय शिक्षा दिन सके मात्रै विद्यार्थीलाई नेपालमा रोक्न सकिने उहाँको भनाई छ । श्री कलेज अफ टेक्नोलोजीले १६ वर्षको लामो यात्रा पार गरेको भन्दै उपकुलपति प्रा.डा.थपलियाले भन्नुभयो “लामो समयदेखि शिक्षामा राम्रो काम गर्दै आउनु भएको छ ।”

    यस कलेजका प्राध्यापक, कर्मचारी र व्यवस्थापनको ठूलो मिहिनेतले यहाँसम्म ल्याउन सकेको भन्दै उहाँले भन्नुभयो “यस कलेजले जर्नलमा अनुसन्धानपत्र प्रकाशन गर्न शुरु गरेर राम्रो कामको थालनी गरेको छ ।” यस कलेजले समाज र राष्ट्रका लागि दिएको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादनमा योगदान दिएको चर्चा गर्नुभयो । कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयको चिकित्सा शास्त्र संकायका डिन डा.शैलेशमणि पोखरेलले विश्वविद्यालयको आफ्नै जर्नल रहेको चर्चा गर्दै यस कलेजले अनुसन्धानपत्र प्रकाशित गर्ने महत्वपूर्ण कामको शुरुवात गरेकोमा प्रशंसा गर्नुभयो ।

    अनुशासन के हो भन्ने कुरा यहाँका विद्यार्थीले देखाएको भन्दै उहाँले भन्नुभयो अनुशासन महत्वपूर्ण कुरा भएको बताउनुभयो । यस कलेजका विद्यार्थीहरु विभिन्न खेलकुदमा सहभागी हुने गरेको भन्दै उहाँले खेलमा सहभागी हुनु पनि राम्रो भएको बताउनुभयो । डिन डा.पोखरेलले भन्नुभयो “खेलमा सहभागी हुनु महत्वपूर्ण कुरा हो, हार–जीत भन्ने कुरा महत्वपूर्ण होइन ।” सो अवसरमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल यस कलेको सहयोगी बन्न सकेको बताउनुभयो । कक्षा १२ पछि अध्ययनका लागि विदेश जाने प्रचलनले जनशक्ति अभावमा अस्पताल चलाउन गाह्रो हुँदै गएको उहाँले बताउनुभयो ।

    उहाँले नेपालमै बसेर अध्ययन गर्न आग्रह गर्दै स्वास्थ्यका जनशक्तिलाई भरतपुर अस्पतालमा रोजगार दिने समेत बताउनुभयो । नेशनल सिटी अस्पतालका मेडिकल डाइरेक्टर डा.निर्मल लामिछानेले इतिहास बोकेको यस कलेजसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । नेशनल सिटी अस्पताल सुविधासम्पन्न रहेको भन्दै यहाँ अध्ययन गरेर अस्पतालमा प्रयोगात्मक गर्न जाने विद्यार्थीलाई अस्पतालका सुविधा अधिकतम उपभोग गर्न आग्रह गर्नुभयो । चितवन सहित देशैभरिका बिरामीलाई आफूहरुले सेवा दिंदै आएको चर्चा गर्दै उहाँले स्वास्थ्य क्षेत्र मानव सेवामा समर्पित भएर गर्नुपर्ने बताउनुभयो ।

    कलेजका संस्थापक अध्यक्ष सरोज ढकालले बि.सं. २०६३ सालमा भाडाको घरबाट शुरु गरिएको कलेज आज आफ्नै सुविधासम्पन्न भवनमा रहेको बताउनुभयो । भरतपुर १२ ग्रोन्द्राङमा नौ कठ्ठा जमिनमा पाँच तले भवन रहेको जानकारी दिंदै उहाँले आधुनिक प्रयोगशाला, मल्टिमिडिया सहितको गुणस्तरीय शिक्षा दिंदै आएको बताउनुभयो । हाल २९७ जना विद्यार्थीले पूर्वाञ्चल विश्व विद्यालय र सिटीईभिटीका कार्यक्रम अध्ययन गरिरहेको भन्दै उहाँले हालसम्म एक हजार २०५ जना विद्यार्थीले ग्राजुएसन गरिसेकेको बताउनुभयो । शैक्षिक कार्यक्रम थप गर्नका लागि कलेजले नाम समेत परिवर्तन गरेको उहाँको भनाई छ ।

    कलेजका भाईसप्रिन्सिपल वविता घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नेशनल सिटी अस्पतालका सल्लाहकार महेन्द्रलाल प्रधान लगायतले बोल्नु भएको थियो । राधा ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा कलेजका प्रिन्सिपल नन्दकिशोर भट्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट अंक ल्याउने र विभिन्न खेलकुदमा प्रथम र द्वितीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कलेजले बिपिएच, बि फर्मेसी, बिएस्सी नर्सिङ, बिएन लगायतका विषय पढाई सञ्चालन गर्दै आएको छ भने कानुन विषयको पढाईका लागि तयारी गरिरहेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.