चितवन । साल्ट्र ट्रेडिङ कर्पोरेशन नारायगणगढ शाखाले दशैँ, तिहार तथा छठलाई लक्षित गरी सञ्चालन गरेको सहुलियत पसलबाट १२ हजार बढीले लाभ लिएका छन् । असोज १५ गतेदेखि सञ्चालन भएको पसलबाट कार्तिक २६ गतेसम्म १२ हजार २२५ जनाले सेवा लिएको कर्पोरेशनले जनाएको छ । कार्तिक २६ गतेसम्म ६० लाख ४२ हजार ४२० रुपैयाँ आम्दानी भएको साल्ट्र ट्रेडिङ कर्पोरेशन नारायगणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालले बताए । यस अवधीमा ४८ हजार ६६२ केजी चिनी र २१ हजार ७६५ केजी आयो नून बिक्री भएको उनले बताए । चिनी र नूनबाट मात्रै ३७ लाख ९८ हजार ११० रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, २२ लाख ४४ हजार ३१० रुपैयाँ बराबरको तेल, गेडागुडी, मसला, चामल लगायतका सामग्रीहरु बिक्री भएको उनले जानकारी दिए । कर्पोरेशनले प्रतिव्यक्ती चिनी र नून बढीमा चार÷चार केजी मात्रै बिक्री गर्ने गरेको छ । सहुलितयत पसलबाट चिनी प्रतिकेजी ७० रुपैयाँ र नून प्रतिकेजी १८ रुपैयाँमा बिक्री भइरहेको छ । बाहिर बजारमा चिनी प्रतिकेजी ८० देखि ८५ रुपैयाँ र नून प्रतिकेजी २० देखि २५ रुपैयाँसम्म बिक्री हुने गरेको छ । अन्य सामानहरु पनि कर्पोरेशनले सहुलियत मुल्यमा बिक्री गर्दै आएको छ । भोलि ९शुक्रबार० एकदिन सञ्चालन भएर मंसिर ३ गते पसल पुनः खुल्नेछ । त्यसपछि मंसिर ६ गतेसम्म सञ्चालन हुने छ ।








