• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँको परीक्षण गरिँदै

  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् । गहुँको गुणस्तरीय बीउ उत्पादनसम्बन्धी पदम कञ्चन पाठशालामा सिकेका सीप प्रभावकारी भए/नभएको मूल्याङ्कन गर्न सामूहिक रूपमा सात जातका गहुँबालीको परीक्षण गरिएको एकीकृत सत्रुजीव व्यवस्थापन (आइपिएम) का सहजकर्ता वासुदेव सापकोटाले बताउनुभयो । उहाँका अनुसार जातीय, दूरी, उपचार विधि र मलखादसम्बन्धी परीक्षण भइरहेको छ ।

    एक हजार वर्गमिटर (तीन कट्ठा) क्षेत्रफलमा लगाइएको बाली परीक्षण गरिएको सहजकर्ता सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न जातका गहुँलाई ‘प्लट’ बनाएर परीक्षण गरेका छौँ । स्वच्छ बीउ कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कृषकलाई प्राविधिक ज्ञान दिइएको छ ।” उहाँका अनुसार गौतम, विजय, खैन, एनएल–९७१, सिएल–१४१२, एनएल–१६२७ र विएल–४३४१ जातका गहुँको परीक्षण गरिएको हो । स्थानीय दीननाथ आचार्यले गहँु लगाउने र मल राख्ने विधि, विषादी प्रयोग गर्ने तरिकालगायत विषयमा यो परीक्षणबाट प्राविधिक ज्ञान प्राप्त भएको बताउनुभयो ।

    गहुँबालीमा रासायनिकभन्दा प्राङ्गारिक मलको प्रयोगले उपयुक्त हुने देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले गाईभैँसीको गोबर, कुखुराको सुली र रासायनिक मलको प्रयोग गरेर प्लट बनाएका छौँ । त्यसमा कुखुराको सुली र गोबर प्रयोग गरेको ठाउँमा गुणस्तरीय उत्पादन भएको पाएका छौँ ।” समूहका सदस्य खेमराज भण्डारीले घरायासी विषादी राखेको ठाउँमा लामो समयसम्म सत्रुजीवले आक्रमण गर्न नसक्ने पाइएको बताउनुभयो । उहाँका अनुसार पशुचौपायको रगत, गाईको गहुँत, सुर्ती, लसुन, अदुवा, निमलगायत जडीबुटीबाट बनाइएको विषादी प्रयोग गर्दा लामो समयसम्म सत्रुजीवले आक्रमण नगर्ने पाइएको हो ।

    उहाँले भन्नुभयो, “पशुचौपायको आधा लिटर रगतमा ४० लिटर पानी हालेर प्रयोग गरिएको र अन्य घरायासी विषादी प्रयोग गरिएको ठाउँभन्दा रासायनिक विषादी प्रयोग गरिएको ठाउँमा सत्रुजीवले चाँडो आक्रमण गरेको पायौँ ।” घरायासी विषादीमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेको परीक्षणका क्रममा पाइएको उहाँको भनाइ छ । गहुँखेती गर्ने किसानले रासायनिक विषादीको विकल्पमा घरायासी विषादीको प्रयोग गरे सस्तो हुनुका साथै गुणस्तरीय उत्पादन हुने भएकाले सोहीअनुसार मल र विषादीको प्रयोग गर्न उहाँले सबै किसानलाई सुझाव दिनुभयो । यस क्षेत्रका किसानले गौतम जातको गहुँ बढी क्षेत्रफलमा लगाउने गरेका छन् ।

    अहिले सात जातका गहुँको परीक्षणले कस्तो प्रतिफल दिन्छ हेरेर जात परिवर्तन गर्ने तयारीमा समूहका कृषक रहेका छन् । समूहकी सदस्य डम्बरकुमारी आचार्यले यस कार्यक्रमले गहुँखेतीसम्बन्धी प्राविधिक ज्ञान, सीप र मल तथा विषादीको प्रयोगबारे जानकारी दिएको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले कृषि प्रसार कार्यक्रमअन्तर्गत यस्ता योजना सञ्चालन गरिएको भन्दै यसले कृषकलाई कुन बाली कसरी लगाउँदा फाइदा हुन्छ भन्ने विषयमा ज्ञान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले बाली लगाउनेदेखि भित्र्याउने समयसम्ममा देखिने समस्याहरू समाधानका लागि यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् ।”

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.