• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को?

  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं। आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जान्छन्।

    उनीहरू हुन् – टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई। बाँकी रहन्छन् तीन जना एआइजी  दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ। थापा, गिरी र तामाङ कुँवरका वैकल्पिक ब्याचमेट हुन्।

    उनीहरू २०५२ भदौ ११ गते प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए। कुँवरसहित अवकाशमा जानेहरू २०५१ साल चैत ५ गतेका हुन्। थापा, गिरी र तामाङ उनीहरूभन्दा छ महिनापछाडि प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

    गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश गरेका छन्। दुबै प्रहरी संगठनसँग सम्बन्धित विधेयक विचाराधीन छन्। अहिले प्रतिनिधिसभाको हिउँदे अधिवेशन चलिरहेको छ। लेखकले पेश गरेको दुबै प्रहरी संगठनको विधेयकमाथि छलफल जारी छ। तर, यो विधेयक कहिले पारित हुने र कार्यान्वयनमा आउने भन्ने मूल प्रश्न छ। विधेयक पारित भएर कार्यान्वयनमा आउँदा महानिरीक्षक कुँवर पदबाट बिदा भइसक्ने आँकलन प्रहरीमा छ।

    विधेयकमा विद्यमान प्रहरीको सेवाअवधि हटाइने छ। अहिले प्रहरीमा ३० वर्षे सेवा अवधि छ।  यदि, मन्त्री लेखकले पेश गरेको विधेयक पारित भए कहिलेदेखि नेपाल वा सशस्त्र प्रहरी दुबै संगठनमा लागू हुने यकिन छैन। विधेयक पास भएपछि नयाँ ऐन बन्न समय लाग्ने छ।

    नेपाल प्रहरीमा पहिले ३२ वर्षे सेवा अवधि थियो, पछि ३० वर्षे सेवा अवधि ल्याइयो। यो विधेयक पारित भएर कार्यान्वयनमा आए प्रहरी (नेपाल/सशस्त्र)मा सेवा अवधि रहन्न। विधेयकमा प्रहरी महानिरीक्षकको उमेर हद ६० वर्ष र सेवा अवधि तीन वर्ष राखिएको छ। प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर ५९ वर्ष र सेवा अवधि तीन वर्ष राखिएको छ।

    यो विधेयक पास वा कार्यान्वयन नहुँदै नेपाल प्रहरीको नेतृत्वमा भने अवकाशको स्थिति सिर्जना भएको छ। कुँवरको अवकाशको मिति नजिकिँदे जाँदा  तीन जना एआइजीमध्ये एक जना नेतृत्वमा पुग्न सक्छन्।

    जहाँसम्म प्रहरी विधेयक पास भएर आउँदा र कार्यान्वयनको पाटोमा जाने सन्दर्भ आर्थिक वर्ष २०८२/८३ बाट हुन सक्ने प्रहरी अधिकृतहरू बताउँछ। यदि नेपाल प्रहरीमा यो विधेयक लागू भयो भने चैत ५ गतेपछि हुने नयाँ आइजिपीको पद केही समयसम्म लम्बिन सक्छ।

    ‘तर, यो विधेयक के कसरी पास भएर आउँछ भन्ने टुंगो नलाग्दै भावी दिनमा के हुन्छ भनेर अहिले किटान गरिहाल्न हतार हुन्छ,’ प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतले भने।

    यदि, विधेयक पास भएर आएन र अहिलेकै अवस्था रहिरहे चैत ५ पछि हुने प्रहरी महानिरीक्षकको कार्यकाल पुग-नपुग ६ महिना रहन्छ।

    को हुन् प्रतिस्पर्धी?

    नेपाल प्रहरीको महानिरीक्षकका एकल दाबेदार एआइजी दीपक थापा मानिएका छन्। उनीपछि सुदीप गिरी र टेकबहादुर तामाङ छन्। सबै राजनीतिक शक्तिसँग सुमधुर सम्बन्ध रहेका कारण थापा भावी प्रहरी महानिरीक्षकको रूपमा एकल दाबेदारले चर्चित छन्।

    प्रहरीमा वरिष्ठतम् अधिकृतलाई प्रहरी महानिरीक्षकको दाबेदार मानिन्छ। तर, कहिलेकाहीँ राजनीतिक शक्तिकेन्द्रको रोजाइमा वरिष्ठतम् प्रहरी अधिकृत नपरेका उदाहरण छन्।

    कनिष्ठ व्यक्ति पदमा पुग्दा वरिष्ठ प्रहरी अधिकृत जिल्लराम भएको हेर्न धीरजप्रताप सिंहको ब्याचमेटलाई हेरे पुग्छ। सिंहले आफूभन्दा वरिष्ठ अधिकृत विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पाखा लगाएका थिए।

    एउटै मितिमा भर्ना भएका पोखरेल, थापा र सिंह एसएसपीसम्म सँगै बढुवा भए। डिआइजी हुँदा पोखरेलले एआइजी दरबन्दी नै कायम गराएर फड्को मारे। पोखरेलको पदचाप पछ्याउँदै थापाले एआइजीको अर्को दरबन्दी थपेर प्रतिस्पर्धामा आए।

    तर, सिंहले अस्वाभाविक रूपमा प्रहरी महानिरीक्षकमा छलाङ मारिदिए। पहिले बढुवामा पछि परेको स्थितिलाई सिंहले नेतृत्व चयनमा ‘बदला’कै रूपमा प्रस्तुत गरिदिए।

    थापा चुपचाप सेवा अवधिसम्म पदमा बसेर घर फर्किए। तर, पोखरेल आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालत गए। तर, अदालतले वरिष्ठताको व्याख्या नगरीकन सरकारले चयन गर्ने विषय भन्दै पोखरेलको निवेदन खारेज गरिदिएको थियो।

    सर्वोच्चको यो निर्णयपछि भने वरिष्ठताको विषय ओझेलमा छ र सरकारले रोजेको जो व्यक्ति पनि प्रहरीको सर्वोच्च पदमा पुग्ने सम्भावना बलियो बनेको छ।

    थापा एआइजी गिरी र तामाङभन्दा १८ दिनअघि भएका थिए। थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख छन्।

    एआइजीमै हुँदा उनी उपत्यका प्रहरी कार्यालयको प्रमुख भए। डिआइजी हुँदा बागमती प्रदेश प्रहरी र  प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा काम गरेका थिए।

    एसएसपी हुँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा काम गरे।

    एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटबलमा काम गरेका थिए।

    डिएसपी हुँदा उनले जिल्ला प्रहरी कार्यालय खोटाङ, इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी वृत्त महाराजगञ्जमा काम गरेका थिए।

    गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत् छन्। यसअघि उनी प्रदेश समन्वय विभागमा थिए। डिआइजी हुँदा उनले कोशी प्रदेश र प्रहरीको विशेष ब्युरो र एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंमा काम गरेका गरेका थिए।

    एसपी हुँदा उनले कैलाली र पर्सा प्रहरीको नेतृत्व सम्हाले। डिएसपीमा प्रहरी वृत्त कालिमाटी र जिल्ला प्रहरी कार्यालय रसुवा पुगेका थिए।

    तामाङ हाल उपत्यका प्रहरी कार्यालय प्रमुख छन्। यसअघि उनी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा थिए। डिआइजी हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, एसएसपी हुँदा विराटनगर तालिम केन्द्रमा थिए।

    एसपी हुँदा उनले जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी पहरा गण मुख्यालय सामाखुसीमा काम गरे। डिएसपी हुँदा इलाका प्रहरी कार्यालय धरान, प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङमा काम गरेका थिए।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.