काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, राती कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्यबदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।








