• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरमा दुई नयाँ खानेपानी आयोजना निर्माण हुँदै

  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको लागत साझेदारीमा दुईवटा नयाँ खानेपानी आयोजना निर्माण हुँदैछन् । बेलचोक सहलगानी खानेपानी आयोजना र गौरीगञ्ज खानेपानी आयोजना निर्माण हुन लागेका हुन् ।

    दुवै आयोजनामा ओभरहेड ट्याङ्की निर्माण, पुरानो पाइपलाइन प्रतिस्थापन एवं नयाँ पाइपलाइन विस्तार गरिनेछ । दुई खानेपानी आयोजनाको कुल लागत ५० करोड चार लाख ४९ हजार रूपैयाँ रहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीले अबको २० दिनभित्र दुवै आयोजनाको ठेक्का आह्वान गरिने बताए । लागत साझेदारीमा खानेपानी आयोजना निर्माण गर्न भरतपुर खानेपानी व्यवस्थापन बोर्डले बजेटको सुनिश्चितता गरिसकेको छ ।

    हामी त्यसकै काममा लागिरहेका छौँ । अब १५ देखि २० दिनभित्र दुवै आयोजनाको ठेक्का निकाल्छौँ ।’ बेलचोक सहलगानी खानेपानी आयोजना १९ करोड ९५ लाख ३० हजार २१० रूपैयाँमा निर्माण गर्न लागिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जय बरालले बताए । यो आयोजनामा संघीय खानेपानीको ७० प्रतिशत र बोर्डको ३० प्रतिशत लगानी रहने उनले बताए । आयोजनाको कुल लागतको १० प्रतिशत अर्थात् एक करोड ९९ लाख ५३ हजार रूपैयाँ बोर्डले मङ्गलबार संयुक्त खातामा जम्मा गरेको उनले जानकारी दिए ।

    ‘यो आयोजनाका लागि हामीले मङ्गलबार झन्डै दुई करोड रूपैयाँ संयुक्त खातामा जम्मा गरिसकेका छौँ’, उनले भने, ‘भरतपुर–३ को बजार क्षेत्रमा यो आयोजनाको पानी वितरण हुनेछ, त्यसका लागि ओभरहेड ट्याङ्की, नयाँ पाइप विस्तार र पुरानो पाइप प्रतिस्थापन गरी ठूलो साइजको पाइप राख्नेछौँ ।’ उनका अनुसार डिप बोरिङले निकालेको पानी प्रशोधन गरेर वितरण गरिनेछ । त्यस्तै, ३० करोड नौ लाख १९ हजार ९०४ रूपैयाँको लागतमा गौरीगञ्ज खानेपानी आयोजना निर्माण हुन लागेको उनले बताए । यो आयोजनामा संघको ९० प्रतिशत र बोर्डको १० प्रतिशत लगानी रहनेछ । बोर्डले व्यहोर्ने रकमको एक प्रतिशतले हुन आउने ३० लाख नौ हजार १९९ रूपैयाँ एक हप्ताअगाडि संयुक्त खातामा जम्मा गरिएको उनको भनाइ छ ।

    भरतपुर खानेपानी बोर्डको खानेपानी उपभोग गर्ने ग्राहकको संख्या करिब ४१ हजार छ । दैनिक खानेपानी उत्पादन तीन करोड ४८ लाख लिटर छ भने दैनिक दुई करोड ४६ लाख लिटर खपत हुने गरेको बरालले बताए । खानेपानीको चुहावट २९ प्रतिशत रहेको उनले जानकारी दिए । ‘सडक निर्माण तथा विस्तारका क्रममा खानेपानीका पाइप फुटाइँदा चुहावट बढी देखिएको छ’, उनले भने । उनका अनुसार २०७० साल फागुनदेखि खानेपानीको महसुल बढेको छैन । १० हजार लिटरसम्म पानी खपत गर्ने निजी/घरायसी ग्राहकले न्यूनतम महसुल १०० रूपैयाँ तिर्नुपर्छ भने बढी खपत गर्ने ग्राहकले प्रतिहजार लिटर १८ रूपैयाँ तिर्नुपर्छ ।

    संस्थागत ग्राहकले भने न्यूनतम १० हजार लिटरसम्म खपत गर्दा न्यूनतम महसुल १३५ रूपैयाँ तिर्नुपर्छ । त्यसभन्दा बढी खपत गरे प्रतिहजार लिटर २० रूपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ । २७ हजार लिटरसम्म पानी खपत गर्ने निजी/संस्थागत ग्राहकले न्यूनतम ९७५ रूपैयाँ र त्यसभन्दा बढी खपत गर्दा प्रतिहजार लिटर ३० रूपैयाँ तिर्नुपर्छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.