• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

अनुसन्धानका लागि बुद्ध एयरको जहाज ग्राउण्डेड

  •   शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । ल्यान्डिङ गियरको दुई वटा पाङ्ग्रामध्ये एउटा पाङ्ग्राबिनै काठमाडौँमा अवतरण गरेको बुद्ध एयरको जहाज अनुसन्धानका लागि भूमिस्थ (ग्राउन्डेड) गरिएको छ । बिहीबार अपराह्न ४ बजेर ३९ मिनेटमा जनकपुर विमानस्थलबाट उडेको नाइन एन–एएनएच कलसाइन उक्त जहाजको अगाडिको भाग (नोज तर्फ)को एउटा पाङ्ग्राबिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ बजेर ५ मिनेटमा अवतरण गरेको थियो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँमा जहाज अवतरणपछि पाइलटले सुरक्षा जाँच गर्ने क्रममा अगाडितर्फ (नोज ल्यान्डिङ गियर) दुई वटा नोज ह्विल हुनुपर्नेमा एउटा मात्रै पाइएको हो । जहाजको अर्को पाङ्ग्रा जनकपुरको धावनमार्गमै छुटेको भेटिएपछि प्राधिकरणले घटनाको अनुसन्धानका लागि जहाजलाई ग्राउन्डेड गरेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “जहाज काठमाडौँमा अवतरण गरेर पार्किङमा पुगेर ‘पोस्ट फ्लाइट चेक’ गर्ने बेलामा पाइलटले नोज ल्यान्डिङ गियरको एउटा टायर नभएको थाहा पाएका रहेछन् ।

    यस विषयमा बुझ्दै जाँदा जनकपुर विमानस्थलको धावनमार्गको टर्निङ प्याडमा अर्को एउटा पाङ्ग्रा भेटिएको खुल्न आएको छ । जहाजमा चालकदलबाहेक ६२ जना यात्रु थिए ।” हरेक पटकको उडान र अवतरणमा जहाजको बाहिरी भागको परीक्षण हुने भए पनि बिहीबारको घटनामा भने एउटा पाङ्ग्रा धावनमार्गमै भेटिएकाले के भएको थियो भन्नेबारे प्राधिकरणले अनुसन्धान गर्ने उनले बताए ।

    जहाजले धावनमार्ग छाडेपछि पाङ्ग्रा खस्यो वा धावनमार्गमा कुद्नुभन्दा पहिल्यै खस्यो भन्नेबारे खुल्न सकेको छैन । काठमाडौँमा पाङ्ग्रा नदेखिएपछि जनकपुरमा पाङ्ग्राको खोजी गरिएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.