• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अङ्कुरम् एकेडेमीको प्रारम्भिक बालविकास र मोन्टेसरी शिक्षासम्बन्धी प्रशिक्षण

  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अभिभावकीय भूमिका बहन गर्ने क्रममा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले शनिबार प्रारम्भिक बालविकास (इसिडी) र मोन्टेसरी शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यसवर्षको महिला दिवसको मुख्य सन्देश ‘गतिशील कार्यान्वयन’लाई आत्मसात गर्दै शिक्षा र सशक्तीकरणमार्फत लैङ्गिक समानतालाई अगाडि बढाउने लक्ष्यसहित भरपुरको पटिहानीस्थि होटेल सोल्टी वेस्टएन्डमा उक्त एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेकी तहप्रमुख सुमन शेर्पा लामाले विश्वभर विविध क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरुको स्मरण गर्दै प्रविधिमा महिलाको पहुँच विस्तार गरी महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानताको अन्त्यका लागि प्रयास गर्ने र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने लक्ष्यसहित मनाइने महिला दिवसको अवसरमा चितवनको शिक्षा क्षेत्रमा क्रियाशील महिलाहरुको सशक्तीकरणका लागि कार्यक्रमको आयोजना गरिएको बताइन् । ‘सिद्धान्तदेखि कार्यान्वयनसम्म’ भन्ने मूल नाराका साथ ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा चितवनका विभिन्न पालिकाका मोन्टेसरी स्कुल र अन्य विद्यालयका प्रारम्भिक कक्षामा शिक्षण गर्ने शिक्षक÷शिक्षिकालाई प्रशिक्षण दिइएको विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

    ‘सबै महिला तथा बालबालिकाका लागि अधिकार तथा सशक्तीकरण’ भन्ने नाराका साथ विश्वभर ११५औँ नारी दिवस–२०२५ मनाइरहेको सन्दर्भमा विद्यालयले उक्त नारालाई कार्यान्वयन गर्ने सन्दर्भमा तालिमको आयोजना गरिएको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जालमा शुभकामना दिने र मौखिकरुपमा त्यसलाई लागू गर्ने भन्ने कुरा औपचारिकता मात्र हुने भएकोले त्यसको सही कार्यान्वयनका लागि तालिमको आयोजना गरेका हौँ ।’ तालिमका प्रशिक्षक सुष्मा दाहालले प्रारम्भिक बालविकासको आधार, वृद्धि र समग्र विकास, मोन्टेसरी र अन्य सिद्धान्तहरु तथा बालबालिकालाई बुझ्ने कला, समावेशी शिक्षा, बालबालिकाको सिकाइमा अभिभावकको संलग्नता र शिक्षकको भूमिकाबारे प्रशिक्षार्थीहरुलाई प्रशिक्षित गरेकी थिइन् ।

    प्रशिक्षक दाहालले प्रारम्भिक बाल विकासको आधारभित्र सुरक्षित प्रसव, नवजात शिशुको पोषण, उसको सुरक्षा र स्वास्थ्य, संज्ञानात्मक उत्तेजना र पौष्टिक खानाबारे बाबुआमा सचेत रहनुपर्ने बताइन् । प्ले ग्रुप वा प्रि–स्कुलमा प्रारम्भिक बाल्यकाल विकासका महत्वपूर्ण पक्षहरु पार गरेर मात्र बालकालिका प्राथमिक विद्यालय प्रवेशको लागि योग्य हुने उनको भनाइ थियो । त्यस्तै, अर्की प्रशिक्षक सावित्री तिमिल्सिनाले प्रशिक्षार्थीहरुले अहिले आफ्ना विद्यालयहरुमा लागू गरिरहेका अभ्यासहरु, स्थानीय स्रोतसाधनको प्रयोग गरेर रचनात्मक र आकर्षक सिकाइ प्रक्रिया सिर्जना गर्र्ने सीप, कक्षाकोठामा सहयोगी सिकाइ संस्कृतिको निर्माण, प्रारम्भिक बाल शिक्षामा नेतृत्व र नवीनताका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

    प्रशिक्षक तिमिल्सिनाले नयाँ विचारहरुको खोजका लागि सुरक्षित वातावरण सिर्जना गर्नु अपरिहार्य रहेको बताउँदै बालबालिकाका प्रारम्भिक वर्षहरुमा हामीले कार्यान्वयन गर्ने नवीनताले उनीहरुलाई जीवनभर सिक्ने र सफलताको निम्ति विविध चरणहरु तय गर्न सक्षम बनाउने बताइन् । उनले भनिन्, ‘प्रारम्भिक बाल विकास केवल समयसँगको तालमेल मात्र नभएर उनीहरुको उत्तम सुरूवात पनि हो,’ ‘नवीन अभ्यासहरुमार्फत बालबालिकाको विकासका समग्र पक्ष समेटिनु आवश्यक छ ।’ उक्त तालिममा शिक्षासँग सम्बन्धित व्यक्ति, विद्यालयका प्राचार्य, शिक्षिकाहरु तथा प्रारम्भिक बाल विकास विज्ञहरु गरी १०१ जनाको उपस्थिति थियो । बालबालिकाको समग्र विकास, समावेशी शिक्षण विधिहरु, मोन्टेसरी शिक्षण पद्दति तथा प्रारम्भिक शिक्षामा नेतृत्व विकासजस्ता विषयमा केन्द्रित रही सहभागीहरुलाई उपयोगी ज्ञान तथा नवीनतम शिक्षण विधिहरु प्रदान गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालयले प्रारम्भिक बाल शिक्षाको क्षेत्रमा प्रशिक्षितहरुको योगदानले भविष्यका पुस्ताहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ । गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्दै शिक्षण प्रक्रियामा नवीनतम सुधार गरी हरेक बालबालिकालाई समान अवसर प्रदान गर्ने लक्ष्यका साथ भविष्यमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्न विद्यालय प्रतिवद्ध रहेको जानकारी दिँदै विद्यालय सञ्चालक समितिका अध्यक्ष आनन्दबहादुर चन्दले भने, ‘अभिभावकीय भूमिका निभाउने क्रममा महिला दिवसको अवसर पारी प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हौँ ।’

    प्राचार्य सुमन पौडेलले स्वागत तथा कार्यक्रमको लक्ष्य, उद्देश्यबारे प्रकाश पारेको कार्यक्रममा कार्यक्रमको समग्र उपादेयता र समापन मन्तव्य विद्यालयका तहप्रमुख सुमन शेर्पा लामाले गरेकी थिइन् भने सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.