• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मुग्लिन–मलेखु सडकको स्तरोन्नति सुस्त गतिमा

  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ । हालसम्म २५ प्रतिशत प्रगति भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनालाई तीन प्याकेज छुट्याएर स्तरोन्नतिको काम भइरहेको छ । करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन प्याकेज छुट्याएर स्तरोन्नति गरिएको हो । पहिलो प्याकेजमा नागढुङ्गा–नौविसे, दोस्रोमा नौविसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको छ । पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किलोमिटर, दोस्रो ४३ दशमलव ५४ किलोमिटर र तेस्रो ३८ दशमलव ८६ किलोमिटर छ ।

    तेस्रो प्याकेज अन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्ड चितवनका इञ्जिनियर विजय दरैका अनुसार अहिले सडक खण्डमा कालोपत्र र पुलको काम जारी छ । दैनिक २०० हाराहारीले काम गरिरहेको उहाँले बताउनुभयो । चुम्लिङटार, कुरिनटार र लेवाटार क्षेत्रमा चार किलोमिटर सडकको दुई लेन कालोपत्र गरिसकिएको छ । बजार क्षेत्रमा चार लेन सडक बन्नेछ । कुरिनटार, लेवाटार र चुम्लिङटारका बाँकी क्षेत्रमा कालोपत्रको काम भइरहेको छ । फिस्लिङ, बेनिघाट र चरौदीमा सबबेसको काम गरिँदै छ । सो सडक खण्डमा पर्नेछ पुलमध्ये चार वटाको सबस्ट्रक्चर सम्पन्न गरिएको जनाउँदै दराईले असारसम्ममा चार पुल सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । चरौदी र हुग्दिका दुई पुलको फाउन्डेसनको काम भइरहेको छ ।

    अन्य क्षेत्रमा पनि सडक विस्तारको काम भइरहेको छ । भित्तो काट्ने र तलबाट उठाउने काम गरिँदै छ । कतिपय ठाउँमा नाली निर्माणको काम भइरहेको छ । आयोजनाका प्रमुख केदारप्रसाद नेपालले असार मसान्तसम्ममा १६ किलोमिटर कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । यसैगरी, चार पुल सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । उहाँले भन्नुभयो, “गत वर्षको पुस–माघमा पाँच प्रतिशत मात्रै काम भएको थियो ।” लक्ष्य लिएको १६ किलोमिटर सडकमध्ये आठ किलोमिटर बजार क्षेत्रमा पर्दछ । बजार क्षेत्रमा चार लेन सडक हुने हुँदा समय लाग्ने भएकाले अहिले बजार केन्द्रीय काम गरिएको बताउनुभयो । विद्युत्का खम्बा सार्ने काम अझै सकिएको छैन । नेपालका अनुसार ९० खम्बामध्ये ५० सार्न बाँकी छ ।

    सरकारी वन क्षेत्रका रूख काट्ने काम सकिएको छ । समयमा निर्माण सामग्रीको उपलब्धता नहुँदा काममा समस्या आएको उहाँले बताउनुभयो । यसका अतिरिक्त निर्माण कम्पनीले आवश्यक स्रोतसाधन परिचालन गर्न नसक्दा पनि समयमा काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ । ठेक्का सम्झौता विसं २०७९ पुस १५ गते भएको हो । कुल रु चार अर्ब ८० करोड ५९ लाख लागतमा शर्मा–जेडआइसिजीले यो सडक खण्ड निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार विसं २०८२ पुस १५ भित्र यस खण्डको काम सकिसक्नुपर्ने हो ।

    यही सडक खण्डमा गत असोज ११, १२ र १३ गते परेको भीषण वर्षाका कारण कृष्णभिर लगायतका क्षेत्रमा नयाँ पहिरो खसेको थियो । ती पहिरोको व्यवस्थापनका लागि लागत अनुमानको काम भइरहेको छ । यस खण्डका छ स्थानमा पहिरो जाँदा सडकमा पूर्ण रूपमा क्षति पुगेको थियो । कृष्णभिरमा करिब १०० मिटरसम्म सडक भासिएको थियो । सडक स्तरोन्नतिसँगै सोको पुनःनिर्माणसमेत गर्नुपर्ने हुन्छ ।

    विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा सडकको स्तरोन्नति गरिएको हो । यो सडक हुँदै राजधानी प्रवेश र बाहिरिने भएकाले सवारी साधनको निकै चाप हुने गर्दछ । सवारी साधनको उच्च चापका बाबजुद काम गर्नुपर्दा सोचेजस्तो प्रगति गर्न कठिन हुने गरेको नेपालको भनाइ छ । यो सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारी साधन आवतजावत गर्ने अनुमान छ । सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुनेछन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.