चितवन । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगर चितवनको अध्यक्षमा राजेन्द्र अधिकारी (राजन) नियुक्त हुनु भएको छ । फागुन २१ गतेको प्रदेश स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले उहाँ अध्यक्ष पदमा नियुक्त हुनु भएको हो ।
“प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संसोधन २०८१ को दफा २६ ख. उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ क. उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी उहाँलाई अध्यक्ष पदमा मनोनित गरिएको हो । रत्ननगर नगरपालिका वडा नम्वर १६ निवासी अधिकारीले १४ बर्ष शिक्षा मन्त्रालय अन्तर्गत प्राथमिक शिक्षा परियोजनामा काम गरिसक्नु भएको छ ।
अधिकारीले ईतिहास र अर्थशास्त्रमा स्नातक तह सम्म अध्ययन गर्नुभएको छ । अधिकारीले आज पद वहाली गर्नुभएको छ । सो अवसरमा निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नवनियुक्त अध्यक्ष अधिकारीलाई स्वागत गर्नुभएको थियो ।
अध्यक्षको जिम्मेवारी पाएसँगै अधिकारीले स्वास्थ्य क्षेत्रमा राजनैतिक गन्ध नआउने गरी काम गर्ने बताउनुभयो । “गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउन भूमिका खेल्ने र अस्पतालमा आवश्यक जनशक्ति र थप पूर्वाधारका लागि काम गर्ने उहाँको भनाई थियो ।








