गैंडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले स्वास्थ्यलाई ख्याल गरेर मात्रै तिहार मनाउन आग्रह गर्नुभएको छ । बालवालिका सहित परिवारको स्वाथ्यमा असर गर्ने पटकाजन्य पदार्थ नपड्काउन र बालवालिकालाई खुशी बनाउने वहानामा पडका नदिन थापाले नगरवासीलाई आग्रह गर्नुभयो । यदि छिमेकीलाई असर गर्ने कुनै गतिविधि भएको मौखिक उजुरी आएपनि ठाउँमै गएर कारवाही गरिने बताउनुभयो । शान्त सुरक्षित र व्यस्थित तथा मर्यादीत भएर चाडपर्व मनाउन आग्रह गर्दै खुशी हुने समय प्रहरी नियन्त्रणमा रहनुपर्ने खालका काम नगर्न पनि उहाँको सुझाव रहेको छ । पूर्व पश्चिम राजमार्ग समेत रहेको नगरपालिकामा सवारी चकेजाँचलाई पनि कडा पारिएको छ । आज मात्रै १० जना सवारी चालकलाई कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । चाडपर्वको समय मादक पदार्थ सेवन गरी सवारी चलाउने, बील बुक लाइसेन्स नभइ सवारी चलाउने बढी दुर्घटनामा पर्ने भएका कारण चेकजाँच बढाएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । मोवाइल चेकप्वाइन्ट अन्तगर्त विहान दिउसो र रातको समय १५ देखि २० मिनेटको फरकमा विभिन्न ठाउँमाहरुमा सवारी चेकजाँच बढाइएको र जुवातास खेल्ने सम्भावित ठाउँहरुमा कडा निगरानी राखिएको उहाँको भनाई छ । यदि समाजमा शान्ति सुरक्ष खलबल्याउने, जाँड रक्सी खाएर होहल्ला गर्नेहरु भए तुरुन्तै इलाका प्रहरी कार्यालय गैंडाकोटमा खवर गरिदिन पनि उहाँको आग्रह छ ।








