काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्वदेश फर्किएकी छिन्। उनी मार्च १० तारिख भारत भ्रमणमा गएकी थिइन् । राइसिना डायलगमा सहभागी हुनुअघि उनी भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पुगेर पूजाआजा गरेकी थिइन् । भारतको विदेश मन्त्रालयको सहयोगमा ओआरएफले आयोजना गरेको राइसिना डायलगमा उनी सहभागी भएकी थिइन् ।
उनी वक्ताको रुपमा कार्यक्रममा सरिक थिईन् । सो डायलगको क्रममा उनले भारतीय विदेशमन्त्री डा। एश जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । उनी ११ दिन लामो भ्रमणपछि स्वदेश फर्किएकी हुन् ।








