• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा पहिलोपटक मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम

  •   बुधबार, चैत १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विगत छ वर्षदेखि मुलुकका विभिन्न क्षेत्रमा परीक्षण गरिँदै आइएको यो मकै सिफारिसको तयारी गरिएको हो । कार्यक्रमले विभिन्न २८ जातका मुरली मकैको परीक्षण गरिरहेको भए पनि ९६ प्रतिशत फुला उठ्ने यो मकै पहिलोपटक सिफारिसको तयारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यो मकै हाल चितवनको माडी र पर्साको जीतपुरमा दुई वर्षदेखि परीक्षण गरिएको छ ।

    त्यसैगरी कृषि अनुसन्धान निर्देशनालय खजुरा, जुटबाली अनुसन्धान कार्यक्रम इटहरीमा पनि यसको परीक्षण भइरहेको उहाँले बताउनुभयो । अहिले कुन ठाउँमा कति उत्पादन दिन्छ भन्ने परीक्षण भइरहेको र ठाउँ सुहाउँदो भएपछि आगामी वर्षभित्र सिफारिस गरिने उहाँको भनाइ छ ।

    कार्यक्रमका संयोजक तीर्थराज रिजालले नेपालमै पहिलोपटक स्थानीय जातको सिफारिस गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा मुरली मकै अहिलेसम्म सिफारिस गरिएको छैन । यस वर्षको नतिजा आएसँगै सिफारिसको प्रक्रियामा अघि बढ्छौँ ।” अहिले नेपालमा मुरली मकैको बीउ विदेशबाट आयात हुने गरेको उहाँले बताउनुभयो ।

    नेपाली जातको भीमनगर लोकल मुरली मकैमा रोग सहन सक्ने क्षमता, उत्पादन धेरै हुने रिजालको भनाइ छ । उहाँका अनुसार कार्यालयले गुलियो मकै र मुरली मकैको अनुसन्धान गरिरहेको छ । आगामी वर्ष यस मकैको प्रतिवेदन बीउविजन नियन्त्रण तथा गुणस्तर केन्द्र हरिहर भवनमा प्रस्तावना पेस गर्ने गरी काम भइरहेको छ । हाल परीक्षणका क्रममा रहेका २८ जातका मकैमध्ये १० जातका मुरली मकै उत्कृष्ट रहेको छ ।

    कार्यालयले नेपालभर स्थानीय रुपमा लगाइँदै आएका मुरली मकैको बीउ सङ्कलन गरी परीक्षण र अनुसन्धान सुरु गरेको हो । अहिले नेपालमा व्यावसायिक रुपमा मुरली मकैखेती गर्ने किसानले आयातित बीउको प्रयोग गरिरहेका छन् । रासस

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.