• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नवलपुरको बुलिङटार -३, चम्घाका घरघरमा खानेपानी धारा

  •   बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर। घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् । पहाडी क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पु¥याएपछि त्यो समस्या समाधान भएको छ । डोको र गाग्री बोकेर पानी लिन मुहानमा जानुपर्ने अवस्थाबाट घरमै खानेपानीको धारा आउँदा स्थानीय सत्रमाया कुमाल खुसी हुनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “डोकोमा बोकेर ल्याएको पानी खाइन्थ्यो, गाग्री बोकेर हैरान हुन्थ्यौँ । कपडा बोकेर धुन लैजानुपर्ने, पानीका लागि पालो कुर्नुपर्ने अवस्था थियो । पालो कुर्दा खेताला जान पनि अबेर हुन्थ्यो, धेरै दुःख खेप्यौँ”, उहाँले भन्नुभयो,“ अचेल त घरमै खानेपानीको धारा आएकाले, चाहिएको बेला थाप्यो, खायो, लुगा धोयो । त्यही भएर गाग्री पनि रित्तो छ, पानी भरेर राखिरहनुपर्ने झण्झट छैन ।” बुद्धि विकास प्राविका प्रधानाध्यापक श्रीधर कुमाल पनि विगतमा खानेपानीको सुविधा नहुँदा विद्यार्थीले पानी बोक्नुपर्ने हुँदा पठनपाठनमा पनि असर परेको स्मरण गर्नुहुन्छ ।

    “यहाँ बासिन्दाले खानेपानीको समस्या त कति झेले झेले ! विद्यालयमा समेत खानेपानी र सरसफाइमा समस्या थियो, पानी भर्न जाँदा विद्यार्थीको पठनपाठनै प्रभावित हुने अवस्था पनि आउँथ्यो तर हाल खानेपानी योजना सम्पन्न भएपछि त्यो समस्या टरेको छ । जीवनयापन सहज भएको छ”, उहाँले भन्नुभयो । खोक्रेनी पँधेरोस्थित मुहानबाट खानेपानी लिफ्टिङ गरेर चम्घा र ददरालीका १२० परिवारलाई खानेपानी वितरण गरिएको चम्घा ददराली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खड्कबहादुर कुमालले जानकारी दिनुभयो ।

    मोटरबाट पानी तानेर गाउँको माथिल्लो भागमा निर्माण गरिएको ट्याङ्कीमा जम्मा गर्ने र त्यसैबाट घरघरमा वितरण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । आयोजना बनेपछि विगतको समस्या समाधान भएको र थप घरमा समस्या समाधानको प्रयास भइरहेको अध्यक्ष कुमालको भनाइ छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत यहाँ खानेपानीको बहुवर्षीय योजना सञ्चालन गरी हालै घरघरमा पानी पु¥याइएको इकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनुभयो ।

    गण्डकी प्रदेश सरकारको हरेक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यअनुसार चम्घामा करिब रु एक करोडको लागतमा लिफ्टिङ खानेपानी योजना निर्माण गरिएको उहाँले बताउनुभयो । लिफ्टिङ खानेपानी योजनाबाट मुहान व्यवस्थापन, रिजर्भ ट्याङ्की निर्माण, पाइप विस्तार मिटर जडान, उपभोक्ताको घरमा धारा जडानलगायत कार्य गरिएका छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.