• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा सुदृढ गणतन्त्रका विषयमा अन्तर सम्वाद : पूर्व राजालाई पनि गणतन्त्रप्रति आकर्षित गराउनुपर्नेमा जोड

  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा सुदृढ गणतन्त्र र संविधानको रक्षा विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको छ । ‘प्रतिगामी चलखेललाई परास्त गरौं । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं ।’ भन्ने मुल नाराका साथ नेकपा एमाले चितवनको आयोजनामा सम्पन्न अन्तरसंवादमा वक्ताहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । चितवनमा सक्रिय राजनीतिक दल र नागरिक समाजको उपस्थितिमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले लोकतन्त्र भित्र देखिएका कमजोरीमा टेकेर राजावादीहरु सलबलाउन थालेको बताए ।

    नेकपा एमालेका केन्द्रीय सदस्य जेएन थपलियाले लोकतन्त्रमा देखिएका कमजोरीलाई टेकेर बेलाबेलामा राजतन्त्र बिउँझन खोज्नु विश्व इतिहासमै रहेको बताए । गणतन्त्रलाई सुदृढ बनाउन मुलुकमा राजनीतिक स्थिरता ल्याउनुपर्नेमा जोड दिँदै नेता थपलियाले अब राजनैतिक दलहरुले राजनैतिक स्थायीत्व खोज्नुपर्ने बताए । राजावादीहरुले राजेनैतिक दललाई पुनः एक ठाउँमा ल्याउने अवसर समेत जुराइदिएको बताउँदै नेता थपलियाले तिमीहरु सच्चेनौं भने हामी आउँछौ भनेर राजावादीले दलहरुलाई देखाउन खोजेको उनले बताए ।

    नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले लोकतन्त्रिक व्यवस्था सञ्चालनमा केही कमजोरी पक्कै भएको बताउँदै उनले भने, ‘कमजोरीलाई सुधार्ने हो, व्यवस्था फेर्ने हैन ।’ नेपालका राजनीतिक दलहरुले लडेर लेराएका व्यवस्थामाथि कसैले ढुंगा हान्न खोज्छ भने त्यसको सबै मिलरे शसक्त प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए । नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोण शिवाकोटीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नसक्दा राजावादीले विरोध गर्ने ठाउँ पाएको बताए । उनले भने, ‘हामी लोकतान्त्रिक गणतान्त्रिक चरित्रका भएनौं ।

    हामीमा राजतन्त्रको प्रभाव पर्याे ।’ राजनीतिक दलका कार्यक्रममा युवा पुस्ता नेखिनु पनि अहिले समस्या भएको उनले बताए । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई गणतन्त्रका बारेमा शिक्षा दिन नसक्नु कमजोरी भएको बताउँदै उनले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । नेकपा (एमाले) चितवनका अध्यक्ष कमलराज पाठकले एउटा दलले अर्काे दललाई जथाभावी गाली गर्दा सबै दल गलत हुन भन्ने भाष्य समाजमा गएको बताए । उनले भने, ‘जसले गर्दा राजतन्त्र कस्तो थियो भन्ने थाहा नभाएका पुस्ता अहिले राजतन्त्र नै ठिक थियो की भन्नेमा पुगेका छन् ।’

    अब दलहरुले गरेको कमजोरीलाई समिक्षा गर्दै स्वस्थ राजनीतिक प्रतिस्पार्धामा उत्रनुपर्नेमा उनको जोड थियो । संसारकै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्र भए पनि संचालनमा कमजोरी हुँदा जनतामा वितृष्णा आएको उनले बताए । कमजोरीलाई सुधार्दै लगि सुदृढ लोकतान्त्रिक गणतन्त्र बनाउनुपर्ने बताउँदै उनले राजा आउने कुरालाई कदापी स्वीकार गर्न नसकिने बताए । कार्यक्रममा बोल्दै चितवनमा सक्रिय अन्य राजनीतिक दलका प्रतिनिधिहरुले पनि लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै लैजानु पर्ने बताए ।

    कार्यक्रममा बोल्ने नागरिक समाजका वक्ताहरुले नेपालका राजनैतिक दलहरु सुध्रिन आवश्यक रहेको औंल्याए । राजनैतिक अस्थिरता, बेरोजगारी, जनताको जीवनस्तर उकास्न नसक्नु, संविधानले व्यवस्था गरेको कुरालाई अझै कार्यान्वयन गर्न नसक्नु जस्ता कुराले जनतामा वितृष्णा पलाएको बताउँदै वक्ताहरुले अब यसतर्फ राजनैतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बताए । उनीहरुले पूर्व राजालाई पनि गणतन्त्रप्रति आकर्षित गर्नुपर्ने बताए । राजालाई पनि राजतन्त्र भन्दा त गणतन्त्र नै राम्रो रहेछ भन्ने पार्नुपर्नेमा उनीहरुको जोड थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.