• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन

  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथिको भएको आक्रमणमो विरोधमा प्रदर्शन गरेको छ । हिजो भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।

    उक्त घटनाको विरोधस्वरुप आज बिहान पत्रकार महासङ्घ चितवन शाखाले कार्यालयदेखि चौबीसकोठीसम्म प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् चितवन शाखाका सल्लाहकार नारायण अधिकारीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव एवम् चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडाले पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण अक्षम्य अपराध भएको बताउनुभयो ।

    त्यसअवसरमा चितवन शाखाका अध्यक्ष वसन्त पराजुली, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष टीकादत्त तिमिल्सनालगायतले घटनाको विरोध गर्दै अराजक तत्वलाई कारबाहीको माग गर्नुभयो । उहाँहरुले पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘स्ट्याण्ड्स फर प्रेस फ्रिडम’ र ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

    दोषिमाथि कारबाहीको माग सोही घटनाका सम्बन्धमा आजै नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरले पनि उक्त घटनाको छानबिन गरी दोषिमाथि कारवाहीको माग गरेको छ । “समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीको जलेर मृत्यु भएको, विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङगा हान्ने, सवारी साधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित पार्ने कार्य गरेकामा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ”, शाखाका अध्यक्ष सुरेश धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    जनतालाई सु–सूचित गराउने र विचार निर्माणमा सघाउने सञ्चार संस्थाहरु र सञ्चारकर्मीको ज्यानै जाने गरी यसप्रकाको हमला हुनु घोर आपत्तिजनक निन्दनीय र भत्र्सनायोग्य कार्य भएको महासङ्घले ठहर गरेको छ । “शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासङ्घ सदैव सम्मान गर्दछ”, अध्यक्ष धामीले भन्नुभयो, “आन्दोलनका नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित पार्ने र त्रसित पार्ने कार्य किमार्थ स्वीकार्य छैन ।”

    यस्ता अमानवीय कार्यमा संलग्न जो कोही भएपनि तत्काल कानुनी कठघरामा उभ्याउन महासङ्घले सरकारसँग माग गरेको छ । रासस

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.