• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भारत सरकारको सहयोगमा बछौली माविमा प्राविधिक भवन शिलान्यास

  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल–भारत विकास सहकार्यअन्तर्गत रत्ननगर–६ मा रहेको बछौली माविमा प्राविधिक कलेज सञ्चालनका लागि भवन निर्माण शिलान्यास गरिएको छ । १२ कोठा रहने तीनतले भवनको शिलान्यास भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले संयुक्तरूपमा गरेका हुन् । भवन शिलान्यासपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीनाले भारत सरकारको तीन करोड रुपैयाँ बढी लागत साझेदारीमा विद्यालय भवन निर्माण हुन लागेको र यसले बछौली माविको शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    उनले भारत सरकारले सामुदायिक विकास परियोजना (एचआइसिडिपिएस)अन्तर्गत स्कुल, कलेज, अस्पताल, स्वास्थ्यचौकी, पुस्तकालय, नदी तटबन्ध, एम्बुलेन्स, स्कुल बसजस्ता सहयोग परियोजनाहरु उपहारस्वरुप प्रदान गर्दै आएको जानकारी दिए । नेपाल–भारतबीच निकटतम छिमेकीको सम्बन्ध रहिआएको र दुवै राष्ट्रबीच प्राचीनकालदेखि नै सामाजिक, सांस्कृतिक, धार्मिक समानता र बहुआयामिक सुसम्बन्ध कायम रहेको बताउँदै महावाणिज्यदूत देवी सहाय मीनाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारहरुको विस्तार गरी नेपाली जनताको समृद्धि र विकासमा भारत सरकारको निरन्तर सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले बछौली माविको भौतिक संरचनाको आवश्यकतालाई महावाणिज्य दूतावासको सहयोगले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । शिक्षा र स्वास्थ्यमा स्थानीय सरकारले लगानी गरे पनि प्रतिफल आइनसकेको बताउँदै रत्ननगर नगरपालिकाले नगरभित्र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा गरिसकेको जानकारी दिए । उनले बछौली माविमा प्राविधिक शिक्षासमेत सुरू गरेको बताउँदै नयाँ भवन निर्माणबाट शैक्षिक उपलब्धि हासिल गर्न सहयोग पुग्ने बताए । आगामी दिनमा महावाणिज्य दूतावाससँग सहकार्य गर्दै अगाडि जान तयार रहेको उनको भनाइ थियो ।

    बछौली माविका प्रधानाध्यापक शिवराम मरहट्ठाले स्वागत मन्तव्य तथा अङ्ग्रेजी शिक्षक बुद्धिसेन चौधरीले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर–६ का वडाध्यक्ष किरण चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भारत सरकार तथा डिपिआर निर्माणदेखि नै सहकार्य गर्ने राजनीतिक दलहरु, नगरप्रमुख तथा कार्यपालिकाहरु र प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालप्रति आभार व्यक्त गरे । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    तीनतले भवन, मञ्च, सरस्वती मन्दिर र शौचालय गरी चारवटा संरचना निर्माणको लागि माँ भवानी ए.एल.एजे जय शम्भु जेभीसँग २०८३ साउन २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी गत फागुन २५ गते भ्याटसहित ३ करोड ४९ लाख ३१ हजार ६८० रुपैयाँ ६६ पैसामा निर्माण सम्झौता भएको रत्ननगर नगरपालिकाका प्राविधिक शाखा प्रमुख निमित्त डिभिजन इन्जिनियर कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । भवन निर्माणको लागि ८० प्रतिशत भारत सरकारको र २० प्रतिशत रत्ननगर नगरपालिकाको रहने छ ।

    भवन निर्माणका लागि नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ३ करोड ५० लाख रुपैयाँ, रत्ननगर नगरपालिकाको ४० लाख रुपैयाँ र बछौली माविको ३० लाख रुपैयाँको लागत साझेदारी रहने प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालले जानकारी दिए । सन् २००३ देखि भारत सरकारले नेपालका ५६३ बढी परियोजनामा सहकार्य गर्दै आएको छ । जसमध्ये ४९५ वटा परियोजना सम्पन्न भइसकेका छन् । बागमती प्रदेशमा १०८ परियोजनामध्ये चितवनका १० वटा छन् । यसबाहेक भारत सरकारले नेपालका अस्पताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थाहरुमा एक हजार ९ एम्बुलेन्स, ३०० स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

    जसमा चितवनमा मात्रै १७ एम्बुलेन्स र ५ स्कुल बस प्रदान गरिएको वाणिज्यदूत तरुण कुमारले जानकारी दिए । सन् १९६२ मा स्थापना भएको बछौली माविमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । यहाँ ६५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले सिटिइभिटीसँग सम्बन्धन प्राप्त होटल म्यानेजमेन्टमा डिप्लोमा कोर्ष पनि सञ्चालन गर्दै आएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.