• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच सम्झौता

  •   बुधबार, चैत २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच चितवनको कृषि विकासका साथै आधुनिकिरणका लागि दुवै संस्थाले साझा धारण बनाएर जाने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चैत्र १९ गते एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा बोल्दै कृषि तथा वन विश्वविद्यालयका उपकुलपती प्रा.डा शारदा थपलियाले कृषि तथा वन विश्वविद्यालयले कृषि क्षेत्रमा शिक्षण, अनुसन्धान र सेवाहरूमा उत्कृष्टताको केन्द्र बन्न प्रयासरत रहिरहेको बताउँदै उहाँले विश्वविद्यालयले ग्रामीण सामाजिक–आर्थिक अवस्था सुधार गर्न कृषि र कृषि सम्बद्ध विज्ञानहरूमा दक्ष पेशेवरहरू विकास गर्दै रोजगारी सृजनाका साथै प्रदान गर्दै आईरहेको बताउनु भयो ।

    उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संयुक्त अनुसन्धान सञ्चालन गर्दै आएको जानकारी गराउँदै नीति विकास र तालिम सहित सम्बन्धित सरकारी संस्थाहरूलाई व्यावसायिक सेवाहरू समेत प्रदान गर्दै आएको बताउनुभएको थियो । कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरूले कृषि समुदायमा उत्पादकत्व वृद्धि गर्न र दिगो जीविकोपार्जन प्रणाली सिर्जना गर्न कृषि चुनौतीहरूलाई सम्बोधन गर्ने ज्ञान र प्रविधिहरू उत्पादन गर्दै आईरहेको बताउँदै अवको कृषि विकासमा उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गरेर अगाढी बढ्दा चितवनको कृषि विकासले फड्को मार्ने विश्वास व्यक्त गनुभएको थियो ।

    कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघले मूख्यत चार क्षेत्रहरु शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै उहाले सूचना प्रविधिको विकासमा पनि संघ लागिरेको बताउँनुभयो । संघले व्यावसायिक समुदायको हितको संरक्षण र प्रवद्र्धन गर्नुका साथै जिल्लामा सामाजिक कार्यहरूमा निजी क्षेत्रलाई परिचालन गर्न र आफ्ना सदस्यहरूमाझ चेतना जगाउन हरसम्भव प्रयास गर्दै आईरहेको बताउँनुभएको थियो ।

    उहाँले सरकारी र गैर–सरकारी संस्थाहरू समन्यमा सदस्यहरूलाई आवश्यकतामा आधारित सेवाहरू प्रदान गर्दै तालिम, कार्यशाला र सेमिनारहरू सञ्चालन गरेर आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै आईरहेको बताउनुभएको थियो । उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच भएको सम्झौता पत्रमा कृषि, पशु चिकित्सा विज्ञान, मत्स्य पालन र कृषि व्यवसायमा अनुसन्धान, नवप्रवर्तन र सीप विकासलाई प्रवद्र्धन गर्ने ।

    दिगो आर्थिक वृद्धिको लागि उद्योग–शिक्षा सम्बन्धलाई सुदृढ पार्ने । कृषि तथा पशुधन क्षेत्रमा प्रवद्र्धन गर्नु, बजार सम्बन्ध र उद्यमशीलताको विकास गर्न, व्यवसाय इन्क्युबेशन केन्द्रहरू स्थापना गर्न, किसान, उद्योग र अर्थतन्त्रलाई फाइदा पुग्ने नीति र अभ्यासहरूको वकालत गर्न, कृषि सम्बन्ध व्यवसायीहरुलाई तालिम सेमिनार सञ्चालन गर्ने, लगायत कृषि सम्बन्ध कार्य तथा विकासका लागि दुवै संस्था मिलेर लाग्ने सम्झौतामा उल्लेख रहेको छ ।

    सम्झौता पत्रमा कृषि तथा वन विश्वविद्यालयको तर्फबाट उपकुलपती प्रा. डा. शारदा थपलियाले हस्ताक्षर गर्नु भएको छ भने उद्योग वाणिज्य संघ – चितवनको तर्फबाट संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा संघका उपाध्यक्ष राजेन्द्र ओली र कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.