• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गैँडाकोटमा अनुमति बिनै कल्सल्टेन्सीको विज्ञापन, नगरको सौन्दर्यता कुरुप पार्दै

  •   आइतबार, चैत २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  । नवलपुरको गैँडाकोटमा सडक किनारमा रहेको बिजुलीका पोलमा विभिन्न कन्सल्टेन्सीहरुले पोस्टर टाँस्ने तथा ब्यानर लगाउने गरेका छन् । जथाभावी पोलमा झुण्डाइएका र टाँसीएका विज्ञापन सामग्रीले नगरको सौन्दर्यतालाई नै कुरुप बनाएको छ । गैँडाकोटका सडक किनारमा रहेका बिजुलीका पोलमा विज्ञापन सामग्री राख्नेमा अधिकांश चितवनका कन्सल्टेन्सीहरु रहेका छन् । भरतपुरमा पोलमा विज्ञापन राख्दा नगरपालिका, विद्युत् र सडक विभागबाट स्वीकृति लिनुपर्ने भएपछि उनीहरु गैँडाकोटमा जथाभावी प्रचार सामग्री टाँस्दै हिँडेका छन् ।

    गैँडाकोटमा पोलमा राखिएका होर्डिङ बोर्ड र विज्ञापन सामग्रीहरुलाइ कुनै पनि अनुमति नदिइएको नगरपालिकाले जनाएको छ । यद्यपि नारायणघाटको लायन्सचोकमा रहेको युनिभर्सल एजुकेशनले आफूहरुले अनुमति लिएर गैँडाकोटको सडक किनारका बिजुलीका पोलमा विज्ञापन सामग्री टाँसेको दाबी गरेका छन् । पोस्टर टाँस्दै हिँडेका युनिभर्सल एजुकेशनका कर्मचारीले नगरपालिकाबाट अनुमति लिएर पोस्टर टाँसेको भन्दै ती पोस्टर हटाएर देखाउन चुनौती दिएका छन् ।

    कन्सल्टेन्सीको सञ्चालक समेत बताउने नेपाली काँग्रेस गैँडाकोट नगर समिति सभापति बद्रि सापकोटाले गैँडाकोटमा रहेका बिजुलीका पोलहरु फोहोर नै भएको उल्लेख गर्दै त्यहाँ टाँस्दा केही फोहोर नहुने बताए । उनले बिजुलीका पोलहरु के सफा छ र त्यहाँ टाँस्न नहुने हो ? भन्दै प्रति प्रश्न गरेका छन् । यस विषयमा नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाका प्रमुख इन्जिनियर सुजन रिजालसँग जानकारी लिँदा उनले आफूहरुले बिजुलीको पोलमा विज्ञापन सामग्री राख्न कसैलाई पनि अनुमति प्रदान नगरेको बताए ।

    इन्टरनेट प्रदायकहरुले राखेबापत प्राधिकरणलाई शुल्क तिर्ने गरेको भन्दै अरुले पनि अनुमति लिएर विज्ञापन गर्न पाउने तर त्यसमा पनि नगरपालिकाको अनुमति अनिवार्य भएको बताए । यसै विषयमा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आफूहरुले नगरपालिकाको क्षेत्राधिकारभित्र कसैलाई पनि विज्ञापन सामग्री राख्न अनुमति नदिएको बताए । अनुमति बिना राखिएका विज्ञापन सामग्री हटाउनुपर्ने उनको भनाइ छ ।

    यसअघि नगरपालिकाले होर्डिङ बोर्ड राख्न विज्ञापन कर उठाउने गरी ठेक्का आह्वान गर्दा एकजनाले ठेक्का हालेपनि सम्झौता गर्न नआएको उल्लेख गर्दै त्यस‌ कम्पनीका सञ्चालकलाई कालोसूचिमा राख्न सिफारिस गर्ने निर्णय गरिएको बताए । हामीले गरेको टेलिफोन कुराकानीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले कानुनी र लिखित रुपमा कसैलाई पनि विज्ञापन सामग्री राख्न नगरपालिकाले अनुमति नदिएको बताए ।

    गैँडाकोट क्षेत्रका मुख्य राजमार्ग तथा भित्री सडक खण्डमा पर्ने बिजुलीका हरेक पोलमा कुनै न कुनै संस्थाको विज्ञापन राखिएको छ । पोलभरी अव्यवस्थित रुपमा राखिएको विज्ञापन सामग्रीले नगरको सुन्दरतामात्रै बिगारेको छैन, नगरपालिकाको आम्दानीमा समेत क्षति पुर्याएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.