• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘खानेपानीको सुविधा भयो गाउँ छाडेर जान मन लाएको छैन’

  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर। खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा ,चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताउनुभयो ।

    “गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लाएको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ , यही बस्ने हो अब” हेमबहादुरले भन्नुभयो । विसं २०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले बताउनुभयो । निर्माणको काम ढिलो हुँदा खानेपानी गाउँमा आउँदैन कि भनेर निराश बनेका आफूहरू अहिले खुसी भएको उहाँले बताउनुभयो । खानेपानीको अभावकै कारण गाउँ छाडेका केही फर्किन लागेको उहाँले बताउनुभयो ।

    खानेपानी लिन डेढ दुई घण्टा लाग्ने गरेकोमा अहिले घर छेउको धारामा पानी आउँदा गाउँ नै रमाइलो भएको नरबहादुर सारू मगरले बताउनुभयो । खानेपानी संस्थाका सचिवसमेत रहनुभएका उहाँ अनुसार अहिले झ्याल्टु ङडाँडासहित वरपरका गाउँ पोखरी ताल, चिसापानी ,सानो पोखरी, टाडीलगायतका गरी करिब एक सय ९१ घरलाई खानेपानीको सुविधा पुगेको छ । अँधेरी खोलाको मुहानबाट लिफ्टिङ गरी खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो ।

    खानेपानीको समस्या भएपछि गाउँ छोड्ने टुङ्गोमा पुगिसकेको अवस्थामा अहिले पानी घरकै धारामा आउँदा स्वर्गै जस्तो लागेको स्थानीय गोमा विकले बताउनुभयो । “अहिले त धेरै सुविधा भयो, पहिले एक दुई खेप भन्दा धेरै पानी बोक्न सकिन्थेन, केही समय पानी नआए गाउँ छाडेर हिँड्नेनै टुङ्गोमा थियौँ, एक खेप पानी लिन दुई घण्टा लाग्ने, लुगा धुन ,नुहाउन नपाउने” उहाँले भन्नुभयो “अहिले धेरै सुविधा भएको छ । अहिले त स्वर्गै जस्तो भएको छ”।

    पहिले दिनमा तीन चार खेप पानी बोक्नु पर्दा एक जनाको कामनै पानी बोक्ने हुने गरेको स्थानीय पुनिसरा विकले बताउनुभयो । पानी अड्कलेर खर्च गर्नुपर्नेमा अहिले घरमै खानेपानीको धारा आएपछि खानेपानीको समस्या टरेको उहाँले बताउनुभयो । पानीको समस्या हुँदा डुल्दै कोही पाहुना आएर पानी मागे पनि दिन नपुग्ने अवस्था रहेको इशरा बाकवलले बताउनुभयो । बसाइँको हिसाबले सुन्दर ठाउँ भए पनि खानेपानी नहुँदा झ्याल्टुङडाँडाका स्थानीयले लामो समयदेखि दुःख पाउँदै आएकोमा अहिले खानेपानीको दुःख हटेको उहाँले बताउनुभयो ।

    झ्याल्टुङडाँडामा गण्डकी प्रदेश सरकारको लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत करिब रु एक करोडको लागतमा लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न गरिएको इकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनुभयो । कार्यालयले खानेपानी नपुगेका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ योजना निर्माण गरी काम गरिरहेको उहाँले बताउनुभयो ।

    झ्याल्टुङडाँडा सहितको क्षेत्रमा खानेपानीको व्यवस्थाका लागि मध्यविन्दु नगरपालिका–१० र नगरपालिका कार्यालयबाट विद्युतीकरणमा सहयोग पु¥याएका नगर प्रवक्ता एवं वडा नं –१०का वडाध्यक्ष रणबहादुर थापा क्षेत्रीले बताउनुभयो । मुहान भएको स्थानसम्म विद्युत् पु¥याउने र ट्रान्समिटर जडान गर्ने लगायतका कार्यका लागि रु २० लाख बजेट विनियोजन गरी काम गरिएको उहाँले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.