• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिवलको तयारी अन्तिम चरणमा

  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मेड इन नेपाल चितवन च्याप्टरको आयोजनामा चैत २९ गतेदेखि हुन लागेको मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।

    नयाँ वर्ष २०८२ को अवसरमा नारायणगढको क्याम्पा चौरमा फुड फेस्टिबल हुन लागेको हो । एक्स्पो एण्ड फुड फेस्टिवल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

    बुधबारसम्म फुड फेस्टिवलको तयारी ९० प्रतिशत पुरा भएको मेड इन नेपाल चितवन च्याप्टरका अध्यक्ष तथा फुड फेस्टिवल संयोजक उमेश श्रेष्ठले जानकारी दिए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फुड फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

    फुड फेस्टिबलमा स्टार्ट अपका १० वटा स्टल रहनेछन् । स्टार्ट अप व्यवसायीबीच प्रतिस्पर्धा हुने र सर्वाेत्कृष्टले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मेड इन नेपाल चितवन च्याप्टरका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले बताए । अल्पसंख्यक समुदायले उत्पादन गरेका वस्तु प्रदर्शनीका लागि १० वटा स्टल निःशुल्क उपलब्ध गराइने उनले जानकारी दिए ।

    एक्स्पोमा हरेक दिन बिहान १० बजेदेखी बेलुका ६ बजेसम्म नेपालमा उत्पादित वस्तुको प्रदर्शनी हुनेछ भने बेलुका ६ बजेदेखी राति ९ बजेसम्म सांगीतिक प्रस्तुती हुने उनले बताए । फुड फेस्टिवल तथा सांगीतिक प्रस्तुती हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्दा प्रति टिकट ३०० रुपौयाँ लाग्ने छ भने सोहीदिन एप मार्फत वा काउन्टरबाट टिकट किन्दा ५०० रुपैयाँ शुल्क लाग्ने छ ।

    बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो अवलोकन गर्दा भने कुनै शुल्क नलाग्ने अधिकारीले बताए । एक्स्पो तथा फुड फेस्टिवलमा देशका विविध जातीयता र क्षेत्रीय भान्साका विभिन्न परिकारहरुको प्रदर्शनी गरिने छ ।

    नेपालमै उत्पादन वृद्धि र रोजगारी सिर्जनाको लागि एक्स्पो फलदायी हुने अपेक्षा गरिएको छ । एक्स्पो अवलोकनका लागि गेट पासको व्यवस्था गरिएको छ । गेट पास लिएर एक्स्पो अवलोकन गर्ने भाग्यशाली व्यक्तिले मोबाइल उपहार प्राप्त गर्ने छन् ।

    ‘गेट पास पाएका अवलोकनकर्ताले गेट पासको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर बक्समा हाल्नुपर्ने हुन्छ । एक्स्पोको अन्तिम दिन एक जना भाग्यशाली अवलोकनकर्तालाई लक्की ड्र मार्फत मोबाइल उपहार प्रदान गर्ने छौँ’, उनले भने ।

    उनका अनुसार एक्स्पोमा कृषि, निमार्ण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसन लगायत विभिन्न क्षेत्रमा क्रियाशिल व्यवसायीहरु सहभागी हुनेछन् ।

    १०० भन्दा बढी स्टलहरु रहने एक्स्पोमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने मेड इन नेपाल चितवन च्याप्टका पूर्वअध्यक्ष निरन्जन न्यौपानेले जानकारी दिए । उनका अनुसार सांगीतिक कार्यक्रममा चैत २९ गते द एज व्याण्ड, चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, बैशाख १ गते द स्वर र बैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुती रहने छ ।

    फुड फेस्टिवलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ, जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.