चितवन । भरतपुर महानगरपालिका-१२ स्थित आईएसएमटी कलेजले नेपाल दराई उत्थान समाजको भवन निर्माणका लागि आर्थिक सहायोग गरेको छ । कलेजले शुक्रबार एक कार्यक्रमका विच पचास हजार पाँच सय पचपन्न रुपैँयाको चेक हस्तान्तरण गरेको हो । भरतपुर १२ स्थित नौरङ्गेमा दराई समुदायको साँस्कृतिक सङग्राहलयको रुपमा निर्माण हुँदै गरेको उक्त भवनलाई कलेजको तर्फबाट कलेजका एसोसिएट म्यानेजर अस्मित आचार्यले दराई उत्थान समाजका केन्द्रिय अध्यक्ष मगल राम दराई र दराई उत्थान समाज नौरङ्गे ईकाइ समितिका अध्यक्ष बुद्धि राम दराईलाई चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै म्यानेजर आचार्यले आफ्नै कलेज भएको वडामा साँस्कृतिक सङग्राहलयको रुपमा निर्माण हुँदै गरेको भवनलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । यस्तै चेक ग्रहण गर्दै दराई उत्थान समाजका केन्द्रिय अध्यक्ष मगल राम दराईले भवन निर्माणका लागि कलेजले ईट्टा थप्ने काममा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले दराई जातिको आफ्नै मौलिक भेषभुसा, रहनसहन, संस्कार, संस्कृति भएपनी आजभोलि बिस्तारै लोप हुँदै गएकाले यसलाई संरक्षण गर्नुपर्छ भन्ने उदेश्यले साँस्कृतिक संग्राहलय भवन निर्माण गर्न लागिएको बताए ।
आईएसएमटी कलेज अध्यापन सँगै समाजमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तगत समाजसेवाका काम गर्दै आएको छ । आइएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा युनिभर्सिटी अफ सन्डरल्याण्डसँगको सम्बन्धनमा कलेजहरु सञ्चालन गरेको छ । ती कलेजमा बिबिए, बिएचएम, बिएस्सी आइटी, साइबर सेक्युरिटी र डिजिटल फरेन्सिक र एमबिए कार्यक्रम सञ्चालन गरिरहेको छ ।








