• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गैँडाकोटमा हनुमानलाई अर्पण गरियो ३१ किलोको लड्डु

  •   शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । हनुमान जयन्तीको अवसर पारेर आज यहाँको हनुमान मन्दिरमा ३१ किलोको लड्डु अर्पण गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा रहको हनुमान मन्दिरमा ३१ किलोको लड्डु अर्पण गरिएको हो । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइरालासहित मन्दिर व्यवस्थापन समिति एवम् भक्तजनहरुले संयुक्त रुपमा महावली हनुमानलाई ३१ किलोको लड्डु अर्पण गर्नुभएको हो ।

    लड्डु हनुमानको प्रिय भोजन भएकाले घिउमा निर्माण गरिएको ३१ किलोको लड्डु उहाँलाई अर्पण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मजयन्तीका अवसरमा आज यस हनुमान मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको यस मन्दिरमा पूजाआज गर्नका लागि जिल्लावासीसहित छिमेकी जिल्ला चितवन, तनहुँबाटसमेत भक्तजनहरु आएका छन् ।

    चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, वुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टीकाराम सापकोटाले हनुमान जयन्तीको अवसरमा आज मन्दिरमा पूजाआजसहित भजन कीर्तन भइरहेको बताउनुभयो । हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता रहेको मन्दिरका पूजारी विनय अधिकारीले बताउनुभयो । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ ।

    सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्ने उहाँको भनाइ छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती आज शनिबार नै परेकाले पनि विशेष अवसर मानिएको अधिकारीले बताउनुभयो । गैँडाकोटमा निर्माण भएको हनुमान मन्दिर नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर भएको भन्दै उहाँले रु तीन करोड लागतमा ४२ फुट लम्बाई, ४२ फुट चौडाई र ६३ फुट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो ।

    विभिन्न चन्दादाताहरुको सहयोगमा मन्दिर परिसरमा १०० जनासम्म अट्ने धर्मशाला निर्माण कार्य भइरहेको छ । हनुमानको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्बल रेलिङ, मार्बलकै आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत् व्यवस्थापन र रङ्गरोगनले यस मन्दिरमा आकर्षण बढाएको अध्यक्ष सापकोटाको भनाइ छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.