• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गैँडाकोट इङ्गलिस स्कुलको व्यवस्थापनमा ज्ञानकुन्ज बोर्डिङ सञ्चालन हुँदै

  •   शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । गैँडाकोट–८ मा सञ्चालन भइरहेको ज्ञानकुञ्ज इङ्गलिस बोर्डिङ स्कुल नयाँ शैक्षिक सत्रबाट गैँडाकोट–२ मा रहेको गैँडाकोट इङ्गलिस स्कुल प्रालिको व्यवस्थापनमा सञ्चालन हुने भएको छ । विद्यालयको व्यवस्थापन हस्तान्तरणको विषयमा ज्ञानकुञ्ज बोर्डिङ स्कुलका सञ्चालक धनबहादुर गुरुङ र गैँडाकोट इङ्गलिस स्कूल प्रा.लि. का जनसम्पर्क तथा सञ्चार अधिकृत श्रीहरि चालिसेबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    शैक्षिक सत्र २०८२ बाट नयाँ व्यवस्थापनमा सञ्चालन हुने ज्ञानकुञ्ज बोर्डिङ स्कुलको २०८१ चैत मसान्तसम्मको लेखा परीक्षणबाट देखिएको सम्पूर्ण हरहिसाब पुरानै व्यवस्थापनको हुने गरी आज सम्झौता गरिएको हो । नयाँ शैक्षिक सत्रबाट ज्ञानकुञ्जको शैक्षिक र विद्यालयको सम्पूर्ण जिम्मेवारी गैँडाकोट इङ्गलिस स्कूल प्रालि को नीति, विधि, निर्णय अनुसार हुने जनाइएको छ ।

    ज्ञानकुन्ज इङ्गलिस स्कूलमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन गैँडाकोट इङ्गलिस स्कूलको पद्धती र नियम अनुसार हुने जनाइएको छ । सम्झौतापछि आफ्ना भनाइ राख्दै गैँडाकोट इङ्गलिस स्कुलका प्राचार्य हीरालाल अर्यालले दुवै विद्यालय यथास्थानमै सञ्चालन हुने जानकारी दिनुभयो । गैँडाकोटमा शिक्षाको स्तर उकास्ने मुख्य उद्देश्यअनुसार ज्ञानकुञ्ज स्कुललाई आफ्नो व्यवस्थापनमा सुरु गरिएको भन्दै प्राचार्य अर्यालले यस महान् कार्यमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, समाजसेवीको साथ, सहयोग, सल्लाह र सुझावको अपेक्षा गरिएको बताउनुभयो ।

    दुवै विद्यालयलाई गैँडाकोटको मात्रै नभइ देशकै उदाहरणीय शैक्षिक संस्थाको रुपमा स्थापना गर्नु आफूहरुको लक्ष्य भएको अर्यालको भनाइ छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा ज्ञानकुञ्ज इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक धन बहादुर गुरुङलले आफूहरुले माध्यमिक शिक्षा परीक्षामा सत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउँदै आएको तथा दुवै विद्यालयको सिद्धान्त र उद्देश्य मिलेकोले विद्यालयको शैक्षिक गुणस्तर अझ वृद्धि गरी देशमै नमूना शिक्षा प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।

    एउटै व्यवस्थापनमा दुवै विद्यालय सञ्चालन हुँदा विद्यार्थी र अभिभावकलाई अझ धेरै अवसर प्राप्त हुने गुरुङले विश्वास गर्नुभयो । कक्षा १० सम्म पठनपाठन हुँदै आएको ज्ञानकुञ्ज इङ्गलिस बोर्डिङ स्कुलमा दुई सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा १२ सम्म पढाइ सञ्चालन हुदै आएको गैँडाकोट इङ्गलिस स्कुलमा एक हजार तीन सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

    गैँडाकोट इङ्गलिस स्कुल गैँडाकोट नगरपालिकाकै एकमात्रै ‘क’ वर्गको विद्यालय हो । विद्यालयले विद्यार्थीहरुको मनोविज्ञानमा आधारित रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.