चितवन । भरतपुर महानगरपालिका वडा नं. १६ स्थित बि. एण्ड बि. मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित न्यूजप्रवाह साप्ताहिक (पत्रिका) ले नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो–२०८२ सार्वजनिक गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको सभाहल सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं–१५ का वडाअध्यक्ष आशिक तामाङले ब्यानर वाचन गरेर उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आशिक तामाङ, बि. एण्ड बि. मिडिया प्रा.लि.का अध्यक्ष बबिलाल तामाङ, नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरूङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङलगायतको उपस्थितिमा वर्ष २०८२ को भित्तेपात्रो विमोचन गरिएको हो ।
This image has an empty alt attribute; its file name is Maya-ko-chino-1.jpg
प्रमुख अतिथि तामाङले चितवनमा साप्ताहिक पत्रिकाको नियमित प्रकाशनबाट आफ्नो पहिचान स्थापित गराउने काममा न्यूजप्रवाह साप्ताहिक सफल भएको बताए । सञ्चारगृहलाई निरन्तरता दिलाउनका लागि अति कडा मेहनत र सङ्घर्ष गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरूङ, म्हाणिपा आमा समूहकी सचिव पासाङ तामाङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन उर्गेन तामाङले गरेका हुन् ।
अध्यक्ष तामाङ न्यूजप्रवाह साप्ताहिकका प्रधान सम्पादक पनि हुन् भने उनले साप्ताहिकसँग जोडिएका सबै शुभचिन्तक महानुभावहरुलाई हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि आशिक तामाङलाई न्यूजप्रवाह साप्ताहिक परिवारले मायाको चिनो प्रदान गरेको थियो ।
न्यूजप्रवाह साप्ताहिकले वि.सं. २०७८ साल भदौ २ गतेबाट प्रकाशन आरम्भ गरेको हो । स्थापनाकालको चौथो वर्षमा पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याइएको हो । भित्तेपात्रोलाई आगामी दिनमा नियमित प्रकाशनमा ल्याइने न्यूजप्रवाह साप्ताहिक परिवारले जनाएको छ ।








