• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

मेड इन नेपाल एक्स्पोको आज अन्तिम दिन, तीन व्याण्ड आउँदै

  •   मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ आज समापन हुँदै छ । नयाँ वर्ष २०८२ को अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चैत २९ गतेदेखि एक्स्पो एण्ड फुड फेस्टिबल सुरु भएको थियो । नयाँ वर्षको पहिलो दिन हिजो (सोमबार) पनि कन्सर्टमा दर्शकको खचाखच थियो ।

    हिजो स्वप्निल शर्माको ‘स्वर’सँग दर्शकहरु झुमे । कन्सर्टमा करिब आठ हजार दर्शकको सहभागीता रहेको आयोजकले बताएको छ । आज अन्तिम दिन ‘उदय एण्ड झक्कास’, ‘अध्याय’ र ‘द इरेज’ व्याण्डको प्रस्तुती रहने नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । ‘आजबाट एक्स्पो सकिँदै छ । सोमबारसम्म दर्शकको उपस्थिती उत्साहजनक रह्यो । आज अन्तिम दिन पनि दर्शकको उल्लेख्य सहभागीता रहने अपेक्षा गरेका छौँ’, उनले भने ।

    आज पनि साँझ ७ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए । साँझ ७ बजेपछि ३०० रुपैयाँको टिकट लागु हुनेछ । एक्स्पोमा सहभागी भएका स्टार्टअप व्यवसायमध्येबाट एउटा उत्कृष्ट व्यवसाय छनौट गरी आज पुरस्कार वितरण गरिनेछ । ‘आज हामीले उत्कृष्ट स्टार्टअपलाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्दैछौँ’, उनले भने ।

    स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धनसँगै मनोरञ्जनको लागि ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ आयोजना गरिएको हो । एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्वदेशी वस्तु तथा सेवाको प्रदर्शनी र साँझ ६ बजेदेखि कन्सर्ट हुने गरेको छ ।

    एक्स्पोको मुख्य उद्धेश्य स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धन, उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्नु रहेको नेपाली युवा उद्यमी मञ्च चितवनका पूर्वअध्यक्ष निरञ्जन न्यौपानेले बताए । फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वाद लिन पाइन्छ ।

    त्यस्तै, एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको उनले बताए । उद्योगी व्यवसायीले भोग्नु परेको समस्या र समाधानका उपाय खोज्न एक्स्पोमा विभिन्न विषयका विज्ञहरुलाई बोलाएर प्यानल छलफल पनि गरिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.