• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गैँडाकोट इङ्गलिस स्कुलमा विद्यार्थीको आकर्षण

  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।  गैँडाकोट नगरपालिकामा रहेको एकमात्रै क वर्गको विद्यालय गैँडाकोट इङ्गलिस स्कुलमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि लिएको प्रवेश परीक्षामा आज मात्रै दुई सय जना विद्यार्थी सहभागी भएका विद्यालयले जनाएको छ । विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न आएका अभिभावकले यसअघिको विद्यालयले प्राप्त गरेको शैक्षिक नतिजा र विद्यार्थीहरुको अवस्थाको आधारमा विद्यार्थी लिएर आएको बताएका छन् ।

    विद्यालयले खाली रहेको सिट संख्या परिपूर्तिका लागि आज पहिलो चरणको प्रवेश परीक्षा लिएको थियो । प्रवेश परीक्षा लिएका विद्यार्थीहरुलाई वैशाख ४ र ५ गते पुराना विद्यार्थीबाट अभिमुखीकरण दिइने विद्यालयका प्राचार्य हीरालाल अर्यालले जानकारी दिनुभयो । विद्यालयले २१ औँ शताब्दी सुहाउँदो शिक्षा प्रदान गर्ने भएकाले विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको अर्यालले बताउनुभयो । विद्यालयले १० वर्ष अगाडि परम्परागत रुपमा सञ्चालन भएको भन्दै अर्यालले अहिले प्रोग्रेसिभ स्कुलको रुपमा अगाडि बढेको बताउनुभयो ।

    यहाँ शिक्षा लिएका विद्यार्थीहरु संसारको जुनसुकै ठाउँमा गए पनि सहज हुने र उत्कृष्ट नागरिकको रुपमा विद्यार्थीलाई तयार गरिने बताउनुभयो । गैँडाकोट १ का अभिभावक प्रकाश अधिकारीले आफ्नी छोरी यही विद्यालयमा अध्ययन गरेको र उसको व्यवहार र शैक्षिक क्रियाकलाप राम्रो भएपछि छोरालाई पनि भर्ना गर्न ल्याएको बताउनुभयो । विद्यालयको गुणस्तर राम्रो भएको र विद्यालयबाट सन्तुष्ट भएकाले छोरालाई भर्ना गराउन प्रवेश परीक्षामा सहभागी गराएको अधिकारीको भनाइ छ ।

    त्यस्तै गैँडाकोट–१ कि रिता न्यौपानेले सात वर्ष अगाडि बहिनीको छोरालाई बुटवलबाट ल्याएर यहाँ पढाएको भन्दै अहिले आफ्नी छोरीलाई पनि यहीँ भर्ना गर्न ल्याएको बताउनुभयो । बहिनीको छोराको पढाइसँगै सबै कुरा राम्रो लागेर अहिले आफ्नो छोरी पढाउन ल्याएको बताउनुभयो । विद्यालयले पाठ्यक्रमसँगै अन्य बाहिरी विषयमा समेत सिकाउने भएकाले विद्यालयको समुदायमा राम्रो प्रभाव रहेको उहाँको भनाइ छ ।

    विद्यालयका जनसम्पर्क तथा सञ्चार अधिकृत श्रीहरि चालिसेले नयाँ विद्यार्थीको भर्ना तथा दोस्रो प्रवेश परीक्षा वैशाख ६ गते हुने बताउनुभयो । विद्यालयमा विद्यार्थीहरुको आकर्षण राम्रो देखिएकाले आज प्रवेश परीक्षामा आउन नपाएका र छुटेका विद्यार्थीलाई लक्षित गर्दै वैशाख ६ गते पुनः परीक्षा राखिएको चालिसेको भनाइ छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.