• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा

  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्ला कारागार कार्यालय चितवनमा एक वर्षभन्दा कम कैद सजाय पाएर कैद भुक्तान गरिरहेका २९ जनाले मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ११५ को सुविधा लिएका छन् । उनीहरूले सो सुविधाका लागि अदालतले तोकेको कैद सजायअनुसार दैनिक रू तीन सयका दरले रकम जम्मा गरेर कैद भूक्तानी सुविधा लिएका हुन् ।

    सो कार्यविधिमा एक वर्ष वा सोभन्दा कम कैद तोकिएका कैदीले कैद बापतको रकम एकमुष्ट जम्मा गरेर सुविधा लिन पाउने व्यवस्था छ । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार चालु आर्थिक वर्षको असोजमा एक जना, मङ्सिरमा एक जना, माघमा १० जना, फागुनमा १० जना र चैतमा सात जनाले यो सुविधिाको प्रयोग गरेका छन् ।

    उनका अनुसार कोभिड–१९ को समयमा यो सुविधा लिएको भए पनि पछिल्ला दिनमा खासै यो सुविधा लिएका थिएनन् । यसवर्ष यो सुविधा लिनेको सङ्ख्या बढेको हो । उनले भने, ‘अघिल्ला वर्षमा यो सुविधा लिनेको सङ्ख्या न्यून थियो ।’ यो सुविधाका लागि कसुरदारको उमेर, कसुर गरेको तरिका, आचरण समेतलाई बिचार गरी कारागारमा राख्नु उपयुक्त नदेखिएमा वा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा नदेखिएमा यो सुविधा दिइने गरेको छ ।

    यो सुविधाका लागि कसुरदारले कुनै पनि प्रकारको कसुर नगरी राम्रो आचारण पालना गर्ने छु भनि कागज गर्नुपर्नेछ । यसरी सुबिधा लिएर छुटेका व्यक्ति तीन वर्षभित्र कैदको सजाय हुने कसुर गरेमा निजलाई पहिले भएको फैसला बमोजिमको कैदसमेत थपी सजाय कार्यान्वयन गरिने उनले बताए । कारागारमा अहिले सात सय १० जना कैदीबन्दी रहेका छन् ।

    जसमा ६ सय ६७ जना पुरूष र ४३ जना महिला छन् । यस कारागारको क्षमता दुई सय ५५ जना पुरूष र २५ जना महिलाको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.