• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सार्वजनिक सवारीसाधनमा डस्टविन र सचेतनामूलक स्टिकर

  •   शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । सवारीसाधन दुर्घटना र क्षति न्यूनीकरण गर्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्राफिक सचेता अन्तर्गत सार्वजनिक सवारीसाधनमा स्टिकर टाँसिएको छ । वे (विइ आर युथ) ग्रुप नवलपुरको आयोजना एवम् इलाका प्रहरी कार्यालय गैँडाकोट, अस्थायी प्रहरी पोस्ट गैँडाकोट तथा गैँडाकोट नगरपालिकाको सहकार्यमा आज बिहान सचेतनामूलक कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा अस्थायी ट्राफिक पोस्ट गैँडाकोटका प्रमुख प्रहरी सहायक निरीक्षक प्रकाश अधिकारीले सवारीसाधन दुर्घटनाका कारण धनजनको क्षति हुनेक्रम बढ्दै गएको बताउनुभयो । दुर्घटना न्यूनीकरणमा प्रहरीको एकल प्रयास पर्याप्त नहुने भन्दै सामाजिक सङ्घसंस्था, स्थानीय तह, जनप्रतिनिधि, नागरिक समाज सबैको सहकार्य आवश्यक भएको अधिकारीले बताउनुभयो । सवारीसाधनमा यात्रा गर्ने, चलाउने, पैदल हिँड्ने सबै यात्रु भएको उल्लेख गर्दै उहाँले यात्रा गर्दा लेन अनुशासन पालना गरेमा दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । “हामीले पैदलयात्रा गर्दा सडकको दायाँ भागबाट पङ्क्ति मिलाएर यात्रा गर्दा सहज हुन्छ” उहाँले भन्नुभयो, “साइकल, मोटरसाइकल चलाउँदा बायाँ तर्फबाट सडक लेन नमिची प्रयोग गर्दा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।”

    सडक पार गर्दा दुवैतर्फ हेरेर आँखा देख्न सहज हुने ठाउँबाट पार गर्नुपर्ने, तीव्र गतिमा सवारीसाधन चलाउन नहुने उहाँले बताउनुभयो । मानवीय कारण, सडकको कारण, सवारीसाधनको यान्त्रिक कारणलगायत दुर्घटना हुने गरेको भन्दै अधिकारीले दुर्घटनाको अवस्था हेर्दा सबैभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउनुभयो । सचेतना कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले जिल्लालाई सफा, सुन्दर बनाउन वे ग्रुपले काम गर्दै आएकोमा दुर्घटना न्यूनीकरणको समेत काम गर्नु अझै मानवीय काम भएको बताउनुभयो । सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्दै सम्पूर्ण नगरवासीलाई हप्ताको एक दिन सरसफाइसहितका विभिन्न सामाजिक काममा सहभागी हुने नगरप्रमुख अधिकारीले आग्रह गर्नुभयो ।

    पैदल यात्रीको लापरबाहीका कारण दुर्घटना भएर ज्यान जाने जोखिम बढेको भन्दै सबैले ट्राफिक अनुशासन पालना गरेमा दुर्घटनाबाट जोखिन सकिने अधिकारीको भनाइ छ । अभियानका क्रममा प्रहरीहरुले सार्वजनिक सवारीसाधनका चालक र यात्रुलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालले सवारीचालकलाई तीव्रगतिमा सवारी नचलाउन, सवारी चलाउँदा मोबाइलको प्रयोग गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गर्नुभयो । नरालले सार्वजनिक सवारीसाधनमा विभिन्न हिंसाका घटनाहरु हुने गरेको भन्दै यात्रुहरुलाई समेत सचेत पार्नुभएको थियो ।

    अभियान अन्तर्गत जनप्रतिनिधिसहित ट्राफिक प्रहरी र वे ग्रुपका प्रतिनिधिहरुले सार्वजनिक सवारीसाधनमा चेतनामूलक स्टिकर टाँस गरेका थिए । त्यस्तै सार्वजनिक सवारीसाधनमा अनिवार्य रुपमा फोहोर राख्ने डस्टबिन हुनुपर्ने भन्दै डस्टबिन समेत वितरण गरिएको वे ग्रुप नवलपुरका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

    अभियानका क्रममा सवारीसाधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ, लेन अनुशासन प्रयोग गरौँ, जथाभावी फोहोर नगरौँ, तीव्र गतिमा सवारीसाधन नहाकौँ, म जिम्मेवार चालक सुरक्षित गन्तव्य मेरो जिम्मेवारी, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदिन, म सवारीसाधनको नियमित परीक्षण गराउँछु, म जिम्मेवार चालकलगायत लेखिएको स्टिकरहरु सार्वजनिक सवारीसाधनमा टाँसिएको अधिकारीले जानकारी दिनुभयो । अभियानका लागि आवश्यक पर्ने स्टिकर र डस्टविन कनेक्ट अस्ट्रेलियन एजुकेशनले सहयोग गरेको वे ग्रुपले जनाएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.