• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

वैशाखको ताप: चितवनमा रेकर्ड ब्रेक गर्मी, सतर्क रहन आग्रह

  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  तराईका जिल्लासहित देशभर अप्रत्याशित रूपमा बढेको गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ। चर्को घाम र अत्यधिक तापक्रमका कारण दैनिक कामकाजमा कठिनाइ भएको छ भने सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको छ।

    भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार बुधवार चितवनको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। कार्यालयका अनुसार बुधवार बिहान ६ बजे २३ डिग्री सेल्सियस रहेको तापक्रम मध्याह्न १२ बजेसम्ममा ३८ डिग्री सेल्सियस पुगेको थियो। यसअघि मङ्गलवार पनि जिल्लाको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस नै मापन गरिएको थियो भने सोमबार ३८ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। तापक्रमको यो बढ्दो क्रमले आगामी दिनमा ४० डिग्री सेल्सियस नाघ्न सक्ने अनुमान गरिएको छ। लामो समयसम्मको हिउँदे खडेरीपछि केही दिनअघि परेको वर्षाले मौसममा केही शीतलता ल्याए पनि, त्यो क्षणिक मात्र साबित भयो।

    अहिले फेरि बढेको अत्यधिक गर्मीले विशेष गरी दैनिक ज्यालादारी गर्ने मजदुर, किसान र ज्येष्ठ नागरिकलाई बढी समस्या पारेको छ। दिउँसोको चर्को घाममा काम गर्न असहज भएपछि धेरैले आफ्नो दैनिक कार्य तालिका परिवर्तन गर्न बाध्य भएका छन्। गर्मीको प्रत्यक्ष असर मानिसहरूको स्वास्थ्यमा देखिन थालेको छ। चिकित्सकहरूका अनुसार बढ्दो गर्मीका कारण आँखा पोल्ने, टाउको दुख्ने, रिँगटा लाग्ने, शरीर चिलाउने, झाडापखाला र डिहाइड्रेसन जस्ता समस्याहरू लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। यसै गरी, बालबालिका र वृद्ध वृद्धामा यसको जोखिम झनै बढी देखिएको छ। गर्मीको प्रकोपलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

    प्रशस्त मात्रामा पानी पिउन, घाममा सकेसम्म कम निस्कन, हल्का र सुतीका कपडा लगाउन, र स्वास्थ्यमा कुनै समस्या देखिए तुरुन्त चिकित्सकको परामर्श लिन सुझाव दिइएको छ। साथै, विभिन्न सामाजिक सङ्घ संस्थाहरूले शीतल पानी वितरण तथा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न थालेका छन्। यद्यपि, गर्मीको यो बढ्दो लहर कहिलेसम्म जारी रहने हो भन्ने यकिन जानकारी मौसम पूर्वानुमान महाशाखाले अझै दिएको छैन।

    तर, वर्तमान अवस्थालाई हेर्दा तत्काल राहत मिल्ने सम्भावना कम देखिएको छ। यसले गर्दा चितवनलगायत देशभरका नागरिकहरू थप त्रासमा रहेका छन्। सरकारले पनि गर्मीबाट नागरिकलाई जोगाउन थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.