गैंँडाकोट । जिल्ला प्रहरी कार्यालय नवलपरासी अन्तरगतको इलाका प्रहरी कार्यालय गैँडाकोटका मध्यरातमा ११ जना जुवाडेलाई पक्राउ गरेको छ । गैडाकोट नगरपालिका वडा नं.८ स्थित छबिलाल सुबेदीको घरमा पासा जुवा खेली रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय गैडाकोट नवलपरासी (पुर्व) बाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा पासा जुवा खेली रहेको अबस्थामा उनीहरु पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिनुभयो । जुवाको खालबाट नगद रु. १,२४,४९५।– (एक लाख चैबिस हजार चार सय पन्चानब्बे) र ६ बटा पासा जुवा समेत बरामद गरिएको र जुवा मुद्दामा अनुसन्धान भइरहेको छ । . पक्राउ परेका व्यक्तिहरुमा गैडाकोट ८ बस्ने बर्ष ५० को छबिलाल सुबेदी(पासा खेलाउने घर), बर्ष ५३ का हरि प्रसाद शर्मा , बर्ष ५८ का ढाकाराम भुसाल,बर्ष ४० का भिमलाल बल,बर्ष ५१ का कृष्ण दवाडी, बर्ष ६३ का नन्द केशब शमा,बर्ष ४० का मुक्तीनाथ सिग्देल, बर्ष ३९ का रत्न बहादुर सुनार,बर्ष २५ का शरोज गयाजु, बर्ष ३४ का झलक बहादुर राना र बर्ष ३० का शुरज गुरुङ छन ।उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको पन्तले बताउनुभयो ।








