• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

जोखिममा रहेका सात वटा गुँडबाट गोहीको अण्डा सङ्कलन

  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँडमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको छ । निकुञ्जले घडियाल गोहीको गुँड खोजी गरी अण्डा सङ्कलन गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी तीमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको हो । ती गुँडमा रहेका दुई सय ३२ वटा अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

    निकुञ्जले राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरेको थियो । गत वर्ष राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ वटाका अण्डा निकालिएको थियो । यस वर्ष राप्ती नदीको पूर्वबाट अण्डा सङ्कलन सुरु गरिएको थियो । गत वर्ष दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गोहीको प्राकृतिक रूपमा बच्चा कोरल्ने दर कम भएकाले हरेक वर्ष अण्डा सङ्कलन गरेर गोही प्रजनन केन्द्रमा ल्याउने गरेका छौँ ।” गोहीको अण्डाबाट प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि तापक्रम नमिल्ने भएकाले अण्डा सङ्कलन गरेर केन्द्रमा ल्याउने गरिन्छ । प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरू र अन्य जनावारबाट हानिनोक्सानी हुने र कतिपय गुँड नदीमा बाढी आउँदा बगाउने भएकाले अण्डा सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो । अण्डा सङ्कलनका लागि निकुञ्जका छ जना कर्मचारी सहभागी छन् ।

    निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गर्दछ । कोरलिएका बच्चाहरू हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ । यहाँ हुर्किनका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायत नदीमा छाडिँदै आइएकामा पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

    नारायणी र राप्ती नदीमा छाडिएका गोही बाढीले बगाएर भारत पुग्ने र त्रिवेणी बाँधका कारण पुनः फर्किएर आउन नसक्ने समस्या रहेको निकुञ्जका सूचना अधिकारी मगरको भनाइ छ । कतिपय गोही माछा मार्न प्रयोग हुने तियारी जालमा फसेर मर्ने गरेका छन् । नदीजन्य पदार्थ उत्खननलगायत मानवीय अतिक्रमणका कारण पनि गोही संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । रासस

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.