• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राजनीतिले जनताको सामाजिक र आर्थिक रुपान्तरण गर्न सकेन : पूर्वराष्ट्रपति भण्डारी

  •   शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिवादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जवज)को मार्ग दर्शन र सिद्धान्तलाई युवा पुस्तामा हस्तान्तरण गर्न सके मात्र गणतन्त्र र राष्ट्रियतालाई जीवन्त पार्न सकिने धारणा राख्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारणसभा तथा श्री चन्द्र शर्मा स्मृति सम्मान कार्यक्रमको आज हेटौँडामा उद्घाटन गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकमा नयाँ सोच र चिन्तनका साथ जनतालाई सामाजिक र आर्थिक क्षेत्रमा रुपान्तरण गर्न राजनीतिक दलहरूले समीक्षा गरेर अघि बढ्नुपर्ने चुनौती आएको उल्लेख गर्नुभयो ।

    उहाँले जनताले केही दशकदेखि जनताको बहुदलीय जनवादलाई निर्वाचनको माध्यमबाट अनुमोदन गरिसकेकाले प्रमुख दलहरूले सत्ता प्राप्तिको प्रतिस्पर्धाको भन्दा जनताको समस्यालई पहिचान गरेर समाधानका लागि केन्द्रित हुँदै विकासका लागि राजनीति गर्न आह्वान गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनले आगामी दिनमा जनताका मामmमा पुगेर गरिब, विपन्न तथा अल्पसङ्ख्यक महिलाहरूको पाठेघरको उपचार गर्न तथा जवजको सैद्धान्तिक पक्षमाथि प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउन पनि जोड दिनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विसं २०४७ मा घोषण गरिएको नेपालको संविधान, २०४७ लाई करिब २७ बुदाँको आलोचनात्मक समर्थन गरेको उल्लेख भए पनि त्यसको सार्थक रूपमा विसं २०६२/६३ को जनआन्दोलनबाट गणतान्त्रिक व्यवस्था ल्याउँदाको सफलताबाट प्राप्त भएको स्पष्ट पार्नुभयो ।

    बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधान, २०७२ को मर्मअनुसार स्थायी सरकारको संरचनाअनुसार निर्वाचनको माध्यमबाट प्रदेश सरकारको गठन भइसकेको उल्लेख गर्दै सङ्घीय, प्रदेश र स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता, विकास, आर्थिक रुपान्तरणका लागि राष्ट्रिय गौरवको आयोजना, बहुवर्षीय योजनाको छनोट गरी बजेट विनियोजित गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले अहिले बजेटमा कृषि उत्पादन र पशुपालनलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्यद्वय रामेश्वर राना र केदार न्यौपाने, एमाले बागमती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र मदन भण्डारी फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले मदन भण्डारीको जवजले नेपाली कम्युनिष्ट आन्दोलन तथा प्रजातान्त्रिक शक्तिहरूका बीचमा सहकार्य गरी अघि बढ्न प्रेरणा दिएको उल्लेख गर्नुभयो ।

    सङ्घीय सरकारमा बस्ने नेतृत्वले आफ्नो कमीकमजोरीलाई सुधार गरेर जनतालाई सुशासन दिनेतर्फ पहल गर्नुपर्ने उहाँहरूले सुझाव दिनुभएको थियो । फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रवती पनेरुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्लास्थित मदन भण्डारी फाउन्डेसनको आजै पदाधिकारी र सदस्यहरूको निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.