• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

बैशाख २५ बाट रत्ननगरमा ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ हुँदै

  •   मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर  । रत्ननगर नगरपालिकाले सतप्रतिशत घटना दर्ता अभियानलाई प्रभावकारी बनाउन विपन्न तथा सिमान्तकृत समुदाय लक्षित ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ बैशाख २५ गतेबाट सुरु गर्ने भएको छ। यो अभियानको शुभारम्भ वडा नम्बर १४ मा रहेको दक्षिणकाली, मिलिजुली र अभियान टोलविकास संस्थाहरूको विपन्न बस्तीबाट हुनेछ । कार्यक्रमको पहिलो दिन दक्षिणकाली मन्दिर नजिकैको प्रतिक्षालय, गैरीगाउँ बस्तीमा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

    नगरपालिकाले यो कार्यक्रममार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटना दर्ताको महत्त्वबारे स्थानीयलाई सचेत गराउने र दर्ता प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ। नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख राम प्रसाद बस्ताकोटीका अनुसार यो अभियानले विशेषगरी विपन्न र सिमान्तकृत समुदायमा घटना दर्ता सेवालाई पहुँचयोग्य बनाउन जोड दिएको छ। ‘कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि घटना दर्ता गर्न आवश्यक छ,तर सचेतना र पहुँचको अभावमा धेरैजना यो सुविधाबाट वञ्चित छन्,’ उनले भने। ‘यो कार्यक्रमले टोल-टोलमा पुगेर सचेतना फैलाउनेछ र दर्ता प्रक्रियालाई सरल बनाउनेछ।’

    कार्यक्रमको लागि नगरपालिकाले सम्बन्धित बस्तीमा स्थानीयको सक्रिय सहभागिता सुनिश्चित गर्न समन्वय गरिदिन टोलविकास संस्थाहरूलाई अनुरोध गरेको छ। स्थानीय बासिन्दालाई कार्यक्रममा उपस्थित भई घटना दर्तासम्बन्धी जानकारी लिन र आवश्यक परेमा दर्ता प्रक्रिया पूरा गर्न आह्वान समेत गरिएको छ। नगरपालिकाले वडा नम्बर १४ को लक्षित टोलमा कार्यक्रम सम्पन्न गरेपछि वडा नम्बर ५,९,११ र १५ का विपन्न टोल र बस्तीमा पनि जेठ २० गते भित्र सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

    यी वडाहरूमा पनि सम्बन्धित टोलविकास संस्थाहरूसँग समन्वय गरी स्थानीयको सहभागितामा कार्यक्रम गरिने जनाइएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.