• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

निजी क्षेत्रको सहयोगबिना देशको विकास हुँदैन: मन्त्री पाण्डे

  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्र अगाडि नबढी कुनै पनि देशको विकास नभएको बताउनुभएको छ ।

    जिल्लाको गैँडाकोटमा आइएमई ग्रुपको होटल इलाको आज उद्घाटन गर्दै उहाँले सरकारको प्रयासले मात्रै कुनै पनि देशलाई अगाडि बढाउन, विकसित गर्न र समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । “सरकारको पुँजी र प्रयासले मात्रै सम्पूर्ण कुरा सम्भव हुँदैन । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार, होटल बनाउन सरकारले सक्दैन”, मन्त्री पाण्डेले भन्नुभयो,“निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यमा देशको विकास गर्नुपर्छ भनेर संविधानमै तीनखम्बे अर्थनीतिलाई अङ्गिकार गरिएको छ । यसको पालना गरेर अगाडि बढौँ ।”

    उहाँले हवाई सेवामा पनि निजी क्षेत्रको प्रवेश नभएको भए अहिलेको जस्तो विकासमा पुग्न नसकिने भन्दै निजी क्षेत्रले नै अवस्था सहज बनाएको बताउनुभयो । “यसै कारण हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । निजी क्षेत्रलाई ऐन, कानुन र नीतिमार्फत सहयोग पु¥याउन सरकारले सहजीकरण गर्ने हो । त्यसमा हामी तयार छौँ । लगानीमैत्री वातावरण बनाउन सम्पूर्ण सहयोग गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री पाण्डेको भनाइ थियो ।

    उहाँले संस्कृति जोगाउनु र पुरातत्व जोगाउनु सबैको दायित्व भएको भन्दै इतिहास जोगाउने र आधुनिक विकासको नयाँ ढोका खोल्ने काम सँगसँगै गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले संस्कृति, पर्यटक, हवाई नीति समयसापेक्ष बनाउने विषयमा सरकारले तत्परता देखाएको बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं होटल सञ्चालक चन्द्रप्रसाद ढकालले आइएमई ग्रुप सातवटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबलकार र रिसोर्टका योजना बनाएर अगाडि बढेको बताउनुभयो । उहाँले नेपालमा पर्यटनको अपार सम्भावना रहेको र त्यसको उजागर गर्न सकेमा पर्यटनमा ठूलो फड्को मार्दै यसैबाट रोजगारी सृजना गर्न सकिने धारणा राख्नुभयो ।

    आइएमई ग्रुपले आजदेखि सञ्चालनमा ल्याएको इला होटल तथा रिसोर्टमा स्वीट तथा डिलक्ससहित ६५ वटा कोठा रहेका छन्् । होटलमा एक हजार जना क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्वीमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधा उपलब्ध रहेको त्यस अवसरमा जानकारी दिइयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.