काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ। उनीसँगै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत पनि थप ५ दिन हिरासत बस्ने भएका हुन् ।
काठमाडौँ जिल्ला अदालतले प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो । उनीहरू माथि राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान चलिरहेको छ ।








