हेटौँडा । मकवानपुर जिल्लामा यो तिहारको समयमा २ वटा सवारी दुर्घटना हँुदा ६ जना घाइते भएका छन् । बिगतको तुलनामा यो बर्ष कम सवारी दुर्घटना भएका हुन् । गत कार्तिक २८ गते काग तिहारदेखि मंसिर ३ गतेसम्मको अबधिमा ३ सय ९७ वटा सवारीलाई ट्राफिक कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन् । ट्राफिक नियम विपरीत गलत ढंगले चलाइएका, सवारी कागजात नभएका, यात्रुसँग बढी भाडा लिइएका साना ठुला गरेर ३ सय ९७ सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक पाण्डेले बताएका छन् । मकवानपुर प्रहरीले यस बर्षको दशैँको अवधिमा ९ सय ५५ वटा सवारीलाई ट्राफिक कारवाही गरेको थियो । त्यसैगरी तिहार अवधिभर २ वटा सवारी दुर्घटनामा परेको जसमा ६ जना घाइते भएको उनले बताएका छन् । यता ट्राफिक प्रहरीले तिहार अवधिमा गरेको कारवाहीमार्फत ३ लाख ६६ हजार राजश्वसमेत सङ्कलन गरिएको जनाइएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले कार्तिक महिनामा ३ हजार १ सय सय सवारीलाई ट्राफिक कारवाही गरेको र २७ लाख ५९ हजार ५सय राजश्व संकलन गरेको जनाइएको छ । कोरोनाको जोखिम र सवारीसाधन कम चल्दा दुर्घटनामा कमी आएको हो भने सवारी कारवाहीको संख्यामा वृद्धि भने भएको ट्राफिक प्रहरिले जनाएको छ ।








