चितवन । चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका ७ की ८४ वर्षीया महिलाको आज बिहान पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । निमोनियाँसम्बन्धी समस्या भई कात्तिक २८ गते पुरानो मेडिकल कलेज भर्ना भएकी उनको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । ती महिलाको कात्तिक २९ गते स्वाव परीक्षण गरिएको सोही दिन उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको उपचार हुँदै आएको थियो ।








