• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

टुरिजम प्रोजेक्ट शो केस कोसीको उपाधि एक्मी इन्जिनियरिङलाई

  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङले हात पारेको छ । आइतबार काठमाडौंमा सम्पन्न फाइनल चरणमा नौं वटा टीमलाई पाखा लगाउँदै एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टरले उपाधि जितेको हो ।

    कोसी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै प्रवर्द्धनात्मक योजनाहरुको खोजी गर्न एलिसन हस्पिटालिटीले आयोजना गरेको कोसी प्रोजेक्ट शो केसको फस्ट रनरअप पुल्चोक इन्जिनियरिङ कलेजको फुल्चोक इयर फाइभ हुँदा सेकेण्ड रनरअप भने नेपाल इन्जिनियरिङ कलेजको एग्रो वस्ती भएको छ ।

    प्रतियोगिताको उपाधि हात पार्ने एक्मी कोस्टरले नगद एक लाख रुपैंया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने फस्ट रनरअपले रु ५० हजार तथा सेकेण्ड रनरअपले रु २५ हजार नगद, ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार समेत प्राप्त गर्नेछन् । उनीहरुसँगै प्रतियोगिताका उत्कृष्ट १० टिमले अब उक्त प्रोजेक्टहरुलाई कोसी प्रदेशमा लगानीकर्ता, स्टेक होल्डर्स माझ पुनः प्रदर्शनी गरेपछि पुरस्कार प्रदान गरिनेछ ।

    फाइनल चरणमा निर्णायकहरु इन्जिनियर मन्दाकिनी कार्की, बैंकर नवराज सत्याल, आर्किटेक्चर पुनम शाह, युवा व्यवसायी, शैक्षिक परामर्शदाता शिशिर सिंखडा तथा पयर्टन व्यवसायी चन्द्र रिजालले प्रतियोगीहरुको प्रोजेक्टको विस्तृत अध्ययन, अवलोकन र प्रस्तुति हेरेर विषयगत रुपमा नम्बर दिएका थिए ।
    नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरु सम्मिलित प्रतियोगिताले इन्जिनियरिङ र पर्यटनलाई एकापसमा जोडिदिएकोले नविनतम पर्यटकीय क्षेत्रको पहिचान गरेको र पहिचान भएका तथा ओझेलमा रहेका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै ग्रामिण पर्यटनलाई समेत उजागर गरिदिएको बताइएको छ ।

    लगानीकर्ता, स्थानीय तह अथवा सरकारले प्रोजेक्ट कार्यान्वयन गर्ने तत्परता देखाए त्यसका लागि आवश्यक सहजीकरण समेत गरिने आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले जानकारी दिनुभयो । ३ दिनसम्म चलेको टुरिजम प्रोजेक्ट शो केस कोसीले नेपालको पर्यटन क्षेत्रमा युवापुस्ताहरुलाई आकर्षित गर्नुको साथै मुलुकको अर्थतन्त्र सुधार्न, रोजगारी सृजना गर्न टेवा पुग्ने अध्यक्ष मगरको जिकीर छ ।

    प्रतियोगिताको उत्कृष्ट १० मा बियोण्ड द ब्रिज टिम ख्वप इन्जिनियरिङ कलेज, कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, पाथ फाइण्डर टिम पुल्चोक क्याम्पस, केटुपिए टिम पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, रुलर रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज छनौट भएका थिए । त्यस अघिको प्रारम्भिक छनौटमा २१ वटा टीमले प्रतिष्पर्धा गरेका थिए ।

    फाइनल चरणमा छनौट भएका टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडा बजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुङ्गा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरू तयार पारेकोमा सोको डमी प्रदर्शनीमा राखिएको थियो ।
    कोसी प्रदेश सरकार, कोशी पर्यटन वर्ष २०८२, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, नेपाल एयरलाइन्स लगायतले टुरिजम प्रोजेक्ट शो केस कोसीलाई सहयोग गरेका थिए ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.